रेशमलाल चौधरीको सपथ कांग्रेसद्धारा बहिष्कार

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले टीकापुर हत्याकाण्डका प्रमुख दोषी रेशमलाल चौधरीको सपथ ग्रहरण कार्यक्रम बहिस्कार गरेको छ ।

सिंहदरबारस्थित संसद सचिवालयमा बिहीबार भएको सपथ कार्यक्रममा नेपाली कांग्रेसका कुनै पनि नेता र सांसद उपस्थित भएनन् । नेपाली कांग्रेसकी मुख्य सचेतक पुष्पा भुसालले कार्यक्रम जुधेकाले आफू सपथको कार्यक्रममा सहभागी नभएको बताइन् ।

सपथ कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता सुवासचन्द्र नेम्बाङ र मुख्य सचेतक देव गुरुङ तथा राजपा नेपालका सांसद एवम् नेताहरुको मात्रै सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसले संविधान र कानूनको खिलाप कम्युनिस्ट सरकारले गतिविधि गरेको भन्दै असन्तुष्टि जनाउन चौधरीको सपथ कार्यक्रम बहिष्कार गरेको जनाइएको छ ।

टीकापुरमा सुरक्षाकर्मीको सामूहिक हत्या भएको घटनामा रेशमलाल चौधरी मुख्य आरोपी रहेको भन्दै अदालतमा मुद्धा विचाराधीन छ ।

थुनामा रहेका रेशमलाला चौधरीलाई कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको निर्देशनमा बिहीबार अपरान्ह तीन बजे सभामुख कृष्णबहादुर महराले सपथ गराएका हुन् ।

रेशमलाल चौधरीलाई सपथ गराइएकोमा सबैले आलोचना गरेका छन् । सामाजिक सञ्जालमा ओली सरकारको ठूलो आलोचना भएको छ ।

रेशमलाल चौधरीले सपथ लिएसँग गण्डकी प्रदेशका सांसद गुण्डा नाइके दीपक मनाङेलाई पनि सपथ लिने बाटो खुलेको छ । गुण्डा नाइके मनाङेले ज्यानमार्ने उद्योगमा सजाय पाएका थिए ।

सर्वोच्च अदालतको आदेशमा केही दिन अगाडि गुण्डा नाइके मनाङे रिहा भएका छन् । उनले सपथका लागि निवेदन दिनुका साथै कानूनी परामर्श र राजनीतिक दवाव दिँदै आएका छन् ।

Published : Thursday, 2019 January 3, 4:21 pm

2 प्रतिकृया प्राप्त “रेशमलाल चौधरीको सपथ कांग्रेसद्धारा बहिष्कार”

  • यसरी देशमा गुण्डा नाइके ज्यानमार हत्या आरोपिक दोषीहरुलाई कारबाहि नगरी जेल मुक्त् गर्नु” सरकारले आफ्नो खुट्टामा आफै बन्चरो हानु हो” जल्दोबल्दो घटना घाउहरु आला छन् यसरी अपराधि जोगाऊने प्रक्त्रिया कानुन अन्धोसरकार कहिलेसम्म अपराधिहरुलाई कारबाही होईन फुलमालाले पुस्कार छ । आम नेपालहरूलाई न्याय होईन अन्याय दिईरहेको छ । यो सरकारलाई आम विकास,प्रगति नेपाल होइन गुण्डा ,नाईके अति आवश्यक छ ।

  • राम्रो मान्छे ले सपथ लियो भने देशले न्याय पाउने डरले होलानी उग्रवादी लाई सपथ दिएको

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया