क्यानडामा कांग्रेसको भातृ संस्था गठन, थापाले पाए नेतृत्व
क्यानडा । नेपाली कांग्रेस निकटको नेपाली जनसम्पर्क समिति क्यानडाको दोस्रो अधिवेशनले रामबाबु थापालाई अध्यक्ष चयन गरेको छ ।
थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मतमा चयन भएको छ । अधिवेशनले चेयरमा अञ्जनी भट्टराई, उपसभापतिमा सुरेश खनाल र सुदीप खनाल, महामन्त्रीमा विद्याभुषण कार्की, सहमहामन्त्रीमा केदारप्रसाद निरौला, कोषाध्यक्षमा अम्बिका ज्ञवाली र प्रवक्तामा दुर्गा अधिकारी निर्वाचित गरेको छ ।
२१ सदस्यीय कार्यसमितिका निर्वाचित केन्द्रीय सदस्यहरूमा ऋषि तिवारी, अर्जुन ओली, अञ्जु विष्ट, विनोद शर्मा, नरेन्द्र मैनाली, उदय दुरा, भरत चौधरी, सूर्य बराल, शान्ता थापा, पम्पी चौरसिया, मेजर केसी र कमल गिरी रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले संस्थापक सभापति, उपसभापति र महामन्त्री तुल्सी पौडेल, सुरज पाण्डे र दीपक सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको छ ।
जुलाई १४ सन २०१८ मा घोषित संस्थाको दोस्रो अधिवेसन क्यानडाभरि छरिएर रहेका अरु लोकतन्त्रवादी साथीहरूलाई एकतावद्ध गर्न थप प्रयास भएका थिए ।
अन्तिम समयमा नेपाली कांग्रेसको निर्देशनमा सदस्यता वितरण स्थगन भएको थियो । कांग्रेससँगको परामर्श तथा समन्वयको आधारमा अहिले अधिवेशन पुनः सम्पन्न गरिएको नवनिर्वाचित महामन्त्री विद्याभुषण कार्कीले जानकारी दिए ।
लोकतन्त्रप्रति आस्थावान साथीहरूको उल्लेख्य उपस्थिति रहेको अधिवेसनमा निर्वाचन समितिका संयोजक प्रकाश ज्ञवालीले सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको घोषण गरेका थिए ।
संस्थाका शुभेच्छुक एवं क्यानाडास्थित कन्जर्भेटिव पार्टीका नेता एवं ब्रम्प्टन निर्वाचन क्षेत्रका सांसद पदका उमेदवार मुररीलाल थापलियालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गैर आवासीय नेपाली संघ क्यानाडाका उपाध्यक्ष राज महत लगायत समाजका अग्रज एवं विशिस्ट पाहुनाहरूको समेत उपस्थिति रहेको थियो ।
संस्थाका निवर्तमान तथा संस्थापक सभापति तुल्सी पौडेलले आफ्नो २ वर्षे कार्यकालमा कार्यसमितिले पाएको साथ र सहयोगको लागि सबैलाइ धन्यवाद दिए । उनले रचनात्मक कार्यमा आफ्नो पूर्ण सहयोग रहने बताएका छन ।
नवनिर्वाचित सभापति रामबाबु थापाले आफ्नो भावी कार्य योजना प्रस्तुत गरेका छन । उनले संस्थालाई अझै प्रभावकारी वनाउने कार्यमा लोकतन्त्रप्रति आस्थावान सवैको साथ र समर्थन रहने विश्वाश लिदै सदैव संस्थाको ढोका खुला रहेको बताए ।
राष्ट्रिय मेलमिलाप दिन परेको उक्त अधिवेशनमा नवनिर्वाचित महामन्त्री विद्याभुषण कार्कीले मेलमिलाप दिवसको बारेमा चर्चा गर्दै सम्पूर्ण प्रजातान्त्रिक शक्तिहरूको एकतामा आफ्नो भूमिका केन्द्रित रहने बताए ।
यसमा तपाइको मत