ओलीले कांग्रेसको आलोचना सहन सकेनन्, दिए यस्ता अभिव्यक्ति

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो सरकारका विरुद्ध विपक्षीहरुले जथाभावी टिकाटिप्पणी गर्ने गरेको भन्दै त्यस्ता रंगीविरंगी प्रश्नको उत्तर दिनु आवश्यक नरहेको बताएका छन् ।

संसदको बैठकलाई आइतबार सम्बोधन गर्दै ओलीले रंगीविरंगी प्रश्नको उत्तर दिनु आवश्यक नरहेको बताए । ‘म बोल्दा किन बोल्यो भन्छन् ? म नबोल्दा किन बालेको छ भन्छन् ?’, उनले भने, ‘सरकारले गरेका कामको चर्को आलोचना हुँदै आएको छ । आलोचना गर्दा आपत्तिजनक रुपमा टिकाटिप्णी गरेको सुनेको छु ।’

नेपाली कांग्रेसप्रति आक्रामक देखिएका ओलीले निजामती कर्मचारी समायोजनका विषययमा विरोध भएकोमा ओलीले आपत्ति जनाए ।

‘कांग्रेसले भने जस्तो स्वयच्छिक अवकास दिएको भए ठूलो दक्ष जनशक्ति र पैसा बाहिर जाने थियो’, उनले भने, ‘मेरो सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याएर ठूलो धनराशि हामीले बचाएका छौं ।’

ओलीले कांग्रेसले धमिलो पानीमा माछा मार्न खोजेको आरोप लगाए । ‘सङ्लो पानीलाई धमिलो बनाएर माछा मार्ने प्रयास नगर्दा राम्रो होला ।’

सूचनाहरु राख्ने वेबपोर्टलहरुका बारेमा आपत्तिजनक टिकाटिप्पणी आएको भन्दै प्रधानमन्त्री ओलीले बुझेर मात्रै बोल्न चेतावनी दिए । वेबपोर्टलहरु बनाउन प्रतिस्पर्धाबाट दिइएको उनले दाबी गरे ।

विपक्षीहरुले सरकारले राम्रा काम गर्दा पनि जनतामा भ्रम छर्ने कार्य गरेको उनले बताए । ‘राम्रो काम गर्दा जनतामा भ्रम छर्ने कार्य भएको देख्दा मलाई आश्चर्य लागेको छ’, उनले भने, ‘सरकारका प्रत्येक कार्यलाई नकारात्मक रुपमा प्रचार गर्ने कार्य भएका छन् । अराजकता फैलाउने कार्य भएको छ ।’ प्रधानमन्त्री ओलीले आफ्नो सरकारको आलोचना भएकोमा असन्तुष्टि जनाए ।

सामाजिक सुरक्षा कार्यक्रमको आलोचना गरिएकोमा पनि ओली असन्तुष्टि जनाए । उनले भने, ‘सामाजिक सुरक्षा कार्यक्रमले मुलुक नयाँ युगमा प्रवेश गरेकै हो । यसमा विपक्षी दलले अन्यथा लिनुपर्दैन । कसैको कामको मलाई जस लिनुछैन ।’

ओलीले नेपालमा पानीजहाज र रेल ल्याएर छाड्ने बताए । ‘पानी जाहाजको टिकट कहाँ पाइन्छ भनेर टिकट काउन्टर खोजेका थाहा पाएँ’, प्रधानमन्त्री ओलीले भने, ‘साथीहरुलाई पानीजहाज आउँछ भन्ने लागेछ । टिकट काउन्टर खोज्न थाल्नुभएको छ । काउन्टर पनि खुल्छ । टिकट पनि पाइन्छ ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्न नदिने बताए । उनले भ्रष्टाचार छानविन गर्न र रोक्न कस्ता कस्ता न्यायिक आयोग बनाउनु पर्ने हो बनाउन आफू तयार रहेको बता । उनले सुरक्षा बनाइ राख्न आफू तयार रहेको बताए ।

३३ किलो सुनका दोषीहरु भारतमा पक्राउ परेको ओलीले बताए । उनले भारतीय विशेष सुरक्षाकर्मीहरुको सहयोगमा ३३ किलो सुन र दोषीहरु पक्राउ परेको बताए ।

राष्ट्रपतिको आलोचना गर्नु हुँदैन

बोल्दै जाँदै गर्दा ओलीले राष्ट्रपतिको आलोचना गर्नेहरुको विरोध गरे । उनले राष्ट्रपतिमाथिको हमलालाई गणतन्त्रमाथिको आक्रमणका रुपमा परिभाषित गरेका छन् ।

‘राष्ट्रपतिको आलोचना गर्नु हुँदैन । ढोँगी तरिकाले काम गरिँदैन । प्रहरी तालिम केन्द्र सार्ने निर्णय धेरै पहिला भएको हो । सय रोपानी भएन भनेर फायरिङ कहाँ गर्ने भनेर कसले निर्णय गरियो ? पनौतीमा १५ सय रापनीमा भारतले बनाइदिने सहमति भएको हो । भारतले बनाइदिन लाग्यो भनेर हल्लाखल्ला गर्ने ? राष्ट्रपतिको आलोचना गर्नुपर्ने । संस्थाको मयार्दा रहने भने लोकतन्त्र धरासाय हुन्छ’, ओलीले भने ।

तेल खायो भन्ने ?

ओलीले भने, ‘घर भाडा खायो भनेको छ । तल खायो भनेको छ । तेलमा भ्रष्टाचार भयो भनेको छ । यस्तो हमलाले लोकतन्त्रमाथिको खतरा हुन्छ । सांसदहरुको बदनाम गरिएको छ ।’

Published : Sunday, 2019 January 6, 2:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया