पूर्वएमाले निकटका यी ठूला गुण्डा नाइकेलाई झटका
पोखरा । पूर्वएमाले निकटका गुण्डा नाइके राजीव गुरुङ भनिने दीपक मनाङेलाई झटका लागेको छ ।
दलबलसहित पोखरामा अडडा जमाएर बसेका गुण्डा नाइके मनाङेले प्रदेशसभा सदस्यको सपथ लिन नपाउने भएका हुन् । मनाङेले आइतबार सपथ लिने भनेर चर्चा चलेको थियो ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले मनाङेलाई कानूनअनुसार सपथ गराउन नमिल्ने निश्कर्ष निकालेका हुन् ।
सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनको कार्यसूचि तयार पार्न बसेको कार्यव्यवस्था परामर्श समितिका सभापतिसमेत रहेका सभामुख अधिकारीले राजीवलाई सपथ नराउने निर्णय गरिएको जानकारी दिए ।
मनाङेलाई सपथ खुवाउने–नखुवाउने विषयमा सांसदहरूबीच अलग अलग धारणा छ । एमाले पृष्ठभूमि भएका सांसदहरू गुण्डा नाइके मनाङेलाई सपथ गराउन दवाव दिँदै आएका छन ।
गुण्डा नाइके मनाङेले मंसिर १२ गते बिहीबार गण्डकी प्रदेश सभामा सपथ ग्रहणको माग गर्दै निवेदन दिएका छन् ।
सर्वोच्चबाट थुनामुक्त भएपछि प्रदेश सभा सचिवालयमा गुरुङको निवेदन पुगेपछि सभामुख अधिकारी विभिन्न व्यक्तिसँग छलफल तथा राय मागेका थिए ।
मनाङेलाई उच्च अदालत पाटनले ज्यान मुद्दामा दोषी ठहर गरेको छ । उनले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेर धरौटी बुझाएकाले हाल थुनामुक्त अवस्थामा छन् ।
टीकापुर हत्याकाण्डका प्रमुख दोषी प्रतिनिधि सांसद रेशम चौधरीको सपथलाई नजिर मान्दै सभामुख अधिकारीले पनि राजीवलाई सपथ गराउनेअनुमान धेरैको थियो ।
मुलुकी ऐनको १९४ मा १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने सुविधा प्रयोग गर्दै राजीवले सर्वोच्चबाट थुनामुक्त हुने आदेश पाएका थिए ।
राजीव गुरुङ सपथको माग गर्दै सर्वोच्च जान सक्नेछन् । गएको मंसिर १० गते भएको प्रदेश सभा निर्वाचनमा गुण्डा नाइके मनाङे एमालेको सहयोगमा मनाङ ‘ख’बाट मनाङे स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।
यसमा तपाइको मत