कम्युनिस्टहरूको ‘अडडा’मा दिनभरि गगन थापाको हाईहाई

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मुख्यालय र संसदीय दलको कार्यालयमा नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाको चर्चा भएको छ ।

पूर्वएमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा सांसद थापाले संसदमा आइतबार कांग्रेसको बचाउ गरेको तथा उग्ररुपमा सभामुख कृष्णबहादुर महराको कार्यशैलीको प्रतिवाद गरेका विषयमा चर्चा भएको हो ।

नेकपाको संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा सोमबार जम्मा भएका नेता तथा सांसदहरूले गगन थापाको चर्चा गरेका हुन । सांसद थापाको धेरै चर्चा गर्नेहरूमा पूर्वएमाले पृष्ठभूमि भएका सांसदहरू थिए ।

स्रोतका अनुसार नेकपाका नेताहरूले सांसद थापाले संसद बाहिर सञ्चारमाध्यममा दिएको प्रतिक्रियामा ‘दम’ रहेको भनेर चर्चा गरेका थिए ।

प्रधानमन्त्री केपी ओलीलाई खुसी बनाउन खोज्दा सभामुख महरा आफूै चिप्लिएको भनेर पूर्वएमालेका सांसदहरूले टिप्पणी गरेको स्रोतले जनाएको छ ।

महराले प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई आक्रोशित बनाएको भन्दै पूर्वएमालेको संसदीय दलको कार्यालयमा आइतबारको घटनाको चर्चा भएको थियो ।

पूर्वएमालेको कार्यालयमा नेपाली कांग्रेसका सांसद एवं मुख्य सचेतक बालकृष्ण खाँण, सांसद डा.मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडूसहितका नेता तथा सांसदहरूको पनि चर्चा भएको छ ।

नेपाली कांग्रेसले संसदीय पद्धति र परम्परा तोडेको भन्दै सभामुख महराले माफी माग्नुपर्ने अडान राख्दै आएको छ ।

सभामुख महराले बुधबार दिउँसो एक बजे संसदको बैठक बोलाएका छन । कांग्रेसले बुधबारको बैठकमा महराको चर्तिकला विरुद्ध हँगा गर्ने तयारी गरिसकेको छ ।

आइतबार संसदमा भएको घटनाको सभामुख महराले सोमबार कांग्रेसका नेताहरूसँग परामर्श समेत गरेका छैनन । कांग्रेसका नेताहरूले महराका कारण तनावको स्थिति उत्पन्न

भएको भन्दै अधिनायकवादी शैलीबाट संसद चल्न नसक्ने प्रतिक्रिया दिएका छन ।

नेपाली कांग्रेसका युवा नेता तथा सांसद थापाले सभामुख महराले कांग्रेसलाई अनावश्यक रुपमा उत्तेजित बनाएको टिप्पणी गरेका छन ।

रिपब्लिका दैनिकसँग सोमबार टेलिफोनमा कुरा गर्दै सांसद थापाले भने, ‘कांग्रेस संसदीय पद्धतिलाई कायम राख्दै संविधान र कानूनको पालना होस भन्ने पक्षमा छ । हठातमा आइतबार सभामुख कृष्णबहादुर महराबाट भएको व्यवहारले द्वन्द्व उत्पन्न गराएको छ ।’

नेपाली कांग्रेसले आइतबारको कार्यशैली फेरि पनि दोहोरिने हो कि भन्नेमा सचेत हुनुपर्ने जनाएको छ । कांग्रेसका नेता थापाले आइतबार भएको कार्यशैली अधिनायकवादतर्फ संसद पनि उन्मुख भएको हो भन्ने आभास गराएको बताए ।

Published : Monday, 2019 January 7, 6:47 pm

1 प्रतिकृया प्राप्त “कम्युनिस्टहरूको ‘अडडा’मा दिनभरि गगन थापाको हाईहाई”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया