को-को छन् नेविसंघको अध्यक्ष बन्ने दौडमा ?

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को १२औं महाधिवेशन अनिश्चित भएपछि नेविसंघ विघठन हुने हो कि भनेर नेता तथा कार्यकर्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।

गत भदौमा म्याद सकिएको नेविसंघ केन्द्रीय समितिको महाधिवेशन गर्नको लागि भनि नेपाली कांग्रेसले पटक पटक म्याद थप्दै आएको थियो ।

विधानलाई लत्याउदै पटक पटक म्याद थप गर्दा समेत १४ जिल्लाको भन्दा बढी अधिवेशन गर्न नसकेपछि नेविसंघ केन्द्रीय समिति स्वतः विघठनको संघारमा पुगेको छ ।

महाधिवेशनको लागि लामो समय देउवा पक्ष र पौडेल पक्षको जुहारी नै चलेको थियो । विना तयारी र विधान विपरित नेविसंघको म्याद थप्दै जानु विधान विपरित मात्र नभई लोकतान्त्रिक प्रक्रियाकै माथिको प्रहारको रुपमा पौडेल पक्षले ठहर गरेको छ ।

यसरी विधान विपरित नेविसंघको म्याद थप्दै जाने हो भने भोलि नेपाली कांग्रेस केन्द्रीय समितिको म्याद नथपिएला भन्न सकिन्न संस्थापन विरोधी विद्यार्थी नेता मोती भण्डारीले बताए ।

कांगे्रस महासमितिबाट सभापति देउवा र वरिष्ठ नेता पौडेल डिप लभको मेलमिलाप देखिए पनि नेविसंघको सन्दर्भले फेरि शीर्ष तहमा झगडा निम्तिने निश्चि छ ।

सभापति देउवाले बहुमतबाट केन्द्रीय समितिमा ३२ वर्ष तोकेपछि झगडा झाङ्गिदै गएको आरोप पौडेल समूहको छ ।

वरिष्ठ नेता पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, अर्जुनरसिंह केसी, प्रकाशमान सिंहले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका थिए ।

पछिल्लो समय देउवाले भातृ संगठनमा आफ्नो पकड गुमाउँदै गएको आरोप पौडेल समूहले लगाउँदै आएको छ ।

नेविसंघको केन्द्रीय समितिको म्याद थप गर्ने र अनुकूल समय केन्द्रीय समिति भङ्ग गरी तदर्थ समिति गठन गर्ने तयारी रहेको देउवा निकट मानिने विद्यार्थी नेता सरोज थापाले बताए ।

अध्यक्ष नैनसिंह महरले महाधिवेशन गर्ने र स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन नसक्ने जिकिर गर्दै नेविसंघमा पार्टीले समयमै विकल्प खोज्नु पर्ने दावी गर्दछन् ।

अध्यक्ष नैनसिंह महरका कारण नेविसंघ लथालिङ्ग भएको, सदस्यता वितरणदेखि कुनै गतिविधि गर्न नसकेको, स्ववियु निर्वाचनमा संगठनलाई जिताउन नसक्ने, देशमा जघन्य अपराधका घटना हुँदा पनि आन्दोलन गर्न नसकेको, कुनै पनि क्याम्पसमा संगठन निर्माण नगरेको, शैक्षिक कालोबजारीदेखि विद्यार्थीको मुद्दामा चुकेको कारण नैनसिंह महरको विकल्प खोज्न नेताहरु सहमत भएका हुन् ।

नेविसंघमा उमेर हद लागू गरेपछि धेरै विद्यार्थी नेताहरुको नेतृत्वमा जाने चाहना तुहिएको छ । तैपनि एक पटकका लागि उमेर हद हटाएर नेविसंघको नेतृत्व हत्याउने दाउमा एक दर्जन नेताहरु रहेका छन् ।

यी हुन नेविसंघको अध्यक्ष ताक्ने नेताहरु

शेरबहादुर देउवा समूहः राजीव ढुङ्गाना, सरोज थापा, ऋषिकेशजङ्ग शाह, शुभराम बस्नेत

रामचन्द्र पौडेल समूहः मनोजमणि आचार्य, मोती भण्डारी, दीपक भट्टराई, हिमालदत्त श्रेष्ठ

कृष्णप्रसाद सिटौला समूहः बलदेव तिमिल्सिना, युवराज पाण्डेय, कुन्दनराज काफ्ले

Published : Tuesday, 2019 January 8, 5:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया