विश्वप्रकाशले मध्यराति लेखे मर्मस्पर्षी सन्देश, ब्यूँतिए कांग्रेसीहरू

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसका एकजना होनहार नेता गुमाउँदाको पीडा सामाजिक सञ्जालमार्फत पोखेका छन् ।

आफ्नो गृहजिल्ला झापाको मेचीनगर नगरपालिका वडा नं. ५ निवासी ७९ वर्षीय कांग्रेसका नेता दलबहादुर बराइलीको मंगलबार निधन भएको समाचार सुनेपछि कांग्रेसका प्रवक्ता शर्माले मर्मस्पर्षी सन्देश सामाजिक सञ्जालमा लेखेका हुन् । बराइलीलाई शर्माले अत्यन्तै सम्मानका साथ स्मरण गरेका छन् ।

‘विशुबाबू तपाई आएपछि भेटेर मात्रै मर्छु । मोबाइलमा उहाँको शब्द सुनेपछि महिना दिनअघि । म काठमाडौंबाट पुगेको थिएँ । सिकिस्त दाजु आदरणीय दलबहादुर बराइलीलाई भेट्न’, प्रवक्ता शर्माले लेखेका छन्, ‘पुगेर अंगालो मारेपछि उहाँले भन्नुभयो – म मरेको खबर सुनेपछि मेरो लासमा चारतारे झण्डा ओढाउन आउनु है । नत्र मेरो आत्मालाई शान्ति मिल्ने छैन । हाम्रो क्षमताले सक्ने उपचार प्रबन्धले काम नगरेपछि आज बेलुकी फोन आयो । उहाँ रहनुभएन ।’ प्रवक्ता शर्माले भनेका छन्, ‘आंगन स्वर्गमा होस्, बास मेरो दाजुको ।’

बराइली गाउँमा बसेर नेपाली कांग्रेसको इमान्दार कार्यकर्ता बनेर सधै गाउँमै राजनीति ज्याति फैलाएको प्रवक्ता शर्माले रिपब्लिका दैनिकसँग कुरा गर्दै जानकारी दिए ।

‘दलबहादुर बराइली दाई सामान्य परिवारको हुनुहुन्थ्यो । दुःख पाउनु भएको थियो’, शर्माले भने, ‘गाउँमा बसेर सधैँ कांग्रेसको चारतारे झण्डा उचाली रहनु भयो । हामीलाई छाडेर जानुभएको छ । उहाँको सम्झना सधैँ कांग्रेसीहरूले गरिरहनेछन् ।’

नेपाली कांग्रेसका पुराना नेता बराइलीको बुधबार अन्त्यष्टि हुनेछ । स्वर्गीय बराइलीलाई अन्तिम श्रद्धाञ्जलि दिन प्रवक्ता शर्मा बुधबार बिहान ९ बजे झापा जाँदै छन् ।

Published : Tuesday, 2019 January 8, 11:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया