ओली–प्रचण्डले मार्सी चामलको ऋण तिरेपछि के भन्छन् गगन थापा ?

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक बहुमतबाट पारित गरेसँगै प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भक्तपुरमा मार्सी चामलको भात खुवाउने दुर्गा प्रसाइँको गुन तिरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाइँको कलेजलाई सम्बन्धन दिन मिल्ने गरेर बुधबार समितिबाट चिकित्सा शिक्षा विधेयक पारित गरिएको हो । प्रसाइँ नेकपा निकटका विवादास्पद व्यवसायी हुन् ।

प्रसाइँको लगानीमा रहेको झापास्थित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनकै लागि कम्युनिस्ट सरकारले समितिबाट चिकित्सा शिक्षा विधेयक बहुमतबाट बुधवार पारित गरेको आरोप छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रलाई पार्टी एकीकरण गराउन दवाव दिने तथा आफ्नै घरमा लगेर मार्सी चामलको भात खुवाएर वातावरण बनाउनमा व्यवसायी प्रसाइँको विशेष भूमिका छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सत्तापक्षीय संसदहरूको बहुमतले विधेयक पारित गरेको छ ।

समिति सदस्य एवं कांगे्रेस सांसद गगन थापाले असहमति हुँदाहुँदै विधेयक पारित हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

झापास्थित बी एण्डसी र काठमाडौंस्थित मनमोहन मेडिकल कलेजले आशय पत्र लिइसकेका छन् ।

समितिबाट पारित विधेयकको दफा १३ को उपदफा ६ मा यो ऐन जारी हुनुभन्दा अघि सम्बन्धन दिइसकेका र आशय पत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यका बाहिरका शिक्षण संस्थाका हकमा एक विश्वविद्यालयले पाँचभन्दा बढी विश्वविद्यालयलाई सम्बन्धन दिन सक्ने प्रावधान राखिएको छ ।

सरकारले डा.गोविन्द केसीसँग गरेको सम्झौता विपरित रहेको जनाइएको छ । यसअघि सरकारले डा.केसीसँग एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संंस्थालाई सम्बन्धन दिन नसक्ने प्रावधान थप्ने सम्झौता गरेको थियो ।

सत्तारुढ दलका नेकपाका नेताहरूको लगानी रहेको मनमोहन मेडिकल कलेजलाई पनि स्थान्तरण गरेर खोल्ने बाटो खुलेको छ । आशय पत्र पाएको र पूर्वाधार पूरा गरेको कलेजले स्थानान्तरण गर्न चाहेमा सरकारले प्रोत्साहन सुविधा उपलब्ध गराउनेछ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका डा.केसीले सम्झौता विपरित विधेयक पारित भएकोमा विरोध जनाउँदै इलाममा अनशन शुरु गरेका छन् ।

समितिका सदस्य एवं नेकपाका सांसद योगेश भट्टराईले संसदको सर्वोच्चता र प्रक्रियालाई स्वीकार गर्नुपर्ने बताएका छन् ।

Published : Wednesday, 2019 January 9, 6:22 pm

1 प्रतिकृया प्राप्त “ओली–प्रचण्डले मार्सी चामलको ऋण तिरेपछि के भन्छन् गगन थापा ?”

  • हिजो भय को सम्जौता आज तिनै ब्यक्ती बाट उलंघन गर्नु राम्रो होइन।जस्लाइ जे पर्छ तेहिगर्नु बिकुलै हुनु हुन्न।नियम ,कानुन सत्त पक्छ्य बाट अछ्यरस पालन भय मा मात्र राम्रो हुन्छ।नियम्पार्टिका नेताको ब्यपार लाई ध्यान दियर बनाउदा केबल नेता ब्यक्ती सपृन्छ तर सन्था र देश बन्न सक्दैन।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया