निर्मला र दुर्गादेवीको भेजिनल स्वाब म्याच होला ?

काठमाडौं । निर्मला पन्तको शवबाट निकालिएको भेजिनल स्वाबको वैधानिकतामा शंका लागेपछि प्रहरीले उनकी आमा दुर्गादेवी पन्तसँग क्रस चेकका लागि आफ्नो रगतको नमूना दिएकी छन् ।

हत्यापछिको अनुसन्धानका लागि प्रहरीले निकालेको निर्मलाको भेजिनल स्वाबमा शंका लागेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा क्रस चेकका लागि रगतको नमूना दिएकी हुन् ।

कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले निर्मलाकी आमाले छोरीको भेजिनल स्वाब चेकजाँच गर्न नमूना संकलन गरिएको बताए । निर्मला र दुर्गादेवी पन्तको भेजिनल स्वाब कथंकदाचित म्याच गरेन भने प्रहरीलाई ठूलो झट्का लाग्नेछ ।

रगतको नमूना महाकाली अञ्चल अस्पतालमा बुझाएको छ । कडायतले निर्मलाकी आमाले आफ्नो रगतमार्फत निर्मलाको भेजिनल स्वाबको वैधानिकता चेकजाँच गरी पाउँ भनी निवेदन दिएकी थिइन् । त्यसपछि दुर्गादेवी पन्तको रगतको नमूना लिइएको प्रहरीले जनाएको छ ।

रगतको नमूना बिहीबार चेकजाँचका लागि कञ्चनपुरबाट केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइनेछ ।

साउन १० गते साथीको घरमा जान भनी हिँडेकी निर्मलाको साउन ११ गते महेन्द्रनगरको घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

प्रहरीले हत्या अनुसन्धानका लागि भन्दै हालसम्म एक दर्जन बढी व्यक्तिको डीएनए परीक्षण गरिसकेको छ । घटनामा संलग्न मुख्य अभियुक्त पक्राउ गर्न भने प्रहरी असफल हुँदै आएको छ ।

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टले हत्यापछिको अनुसन्धानमा लापर्बाही गरेको र शुरुका प्रमाण नष्ट गर्न भूमिका निर्वाह गरेको भन्दै सेवाबाटै बर्खास्त भइसकेका छन् ।

Published : Thursday, 2019 January 10, 11:34 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया