भारतीय दूतावासको कार्यक्रममा मन्त्री अधिकारी प्रमुख अतिथि
काठमाडौं । नेपालका भारतीय राजदूतावासले विश्व हिन्दी दिवस मनाएको छ ।
भारतीय राजदूतावास काठमाडौंद्वारा त्रिभुवन विश्वविद्यालय, काठमाडौंअन्र्तगतको हिन्दी केन्द्रीय विभागको सहकार्यमा १० जनवरीका दिन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यमा दिवस मनाइएको हो ।
दिवसका अवसरमा आयोजित कार्यक्रम नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले विश्व हिन्दी दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पढेका थिए ।
कार्यक्रममा गोपाल ठाकुर, गुरूदेव कामतद्वारा हिन्दीका प्रख्यात कविका कार्यहरुको साङ्गीतिक प्रस्तुति दिएका थिए ।
गायिका सरस्वती खत्रीद्वारा पनि साङ्गीतिक काव्य प्रस्तुति दिइएको थियो ।
कार्यक्रममा केन्द्रीय हिन्दी विभाग, त्रिभुवन विश्वविद्यालयको वेबसाइटको लोकार्पण पनि गरिएको छ ।
कार्यक्रममा राजदूत पुरीद्धारा नेपालका आदिकवि भानुभक्त आचार्यका कविताहरुको हिंदी अनुवादसहित २ वटा हिन्दी पुस्तकहरुको लोकार्पण गरिएको थियो ।
स्व.अटल बिहारी वाजपेयीका ५१ वटा कविताहरुको नेपालीमा अनुवाद गरेका लेखक शिवदत्त ढकाललाई सम्मानित गरिएको दूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रमको अन्त्यमा एक कवि सम्मेलनको आयोजन गरिएको छ । जसमा करीव १५ कविहरुले आफ्नो रचनाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अलग–अलग क्षेत्रहरुबाट लगभग २०० जना साहित्यिक व्यक्तित्वहरुले भाग लिएका थिए ।
यसमा तपाइको मत