‘मातृभूमिको अस्तित्वमा प्रतिघातको बादल मडारिएको छ’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले २०७औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुभकामना दिएका छन् ।

पूर्वराज शाहले बिहीबार शुभकामना सन्देश दिँदै नेपाली राष्ट्रिय एकताका प्रवर्धक राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभ अवसरमा समस्त नेपाली दिदी बहिनी तथा दाजु भाईहरुमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना व्यक्त गरेको जनाएका छन् ।

‘स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्वपूर्ण क्षण, राष्ट्र निर्माणकै दिन हो । राष्ट्र निर्माणमा वलिदान गर्ने तमाम वीर वीरङ्गना एवं सपुतहरुको उत्सर्ग हामी कहिल्यै भुल्न सक्दैनौं र हुँदैन’, उनले भनेका छन्, ‘भुलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाबाट विस्मरण गर्दा देश यतिबेला जुन सकसपूर्ण र कपटपरुर्ण अवस्थाबाट गुज्रदैंछ यसले दीव्य उपदेशको औचित्य स्मरण गराइरहेको छ ।’

उनले भनेका छन्, ‘नेपाल चार वर्ण छत्तीस जातको फूलबारी हो, मेरा साना दुःखले आज्र्याको मुलुक होइन सबैलाई चेतना भया भन्ने दीव्य उपदेशको मर्म अनुरुपको व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको छ ।’

‘एउटा नागरिकको निम्ति देशभन्दा ठूलो अर्को कूनै वाद वा विचार हुन सक्दैन । नेपाली नेपालीबीच फाटो पैदा गर्ने, दुराग्रह बनाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पुर्‍याउने, अनुशासनहिनता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनँ हुँदैन भन्ने मेरो मान्यता रहेको छ’, उनले भनेका छन् ।

पूर्वराजा शाहले नेपाल रहँदा मात्र नेपाली हुनुको गौरव जीवन्त रहने यथार्थलाई आत्मसात गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पदचापमा हिंड्ने प्रेरणा सबै नेपालीमा प्राप्त हुने विश्वास लिएको जनाएका छन् ।

कम्युनिस्ट सरकारले पृथ्वीनाराण शाहको पुस २७ गतेको जन्मदिवसको विवाद कटौती गरिदिएको छ । विदा कटौती गरेपछि सरकारको आलोचना हुँदै आएको छ ।

Published : Thursday, 2019 January 10, 5:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया