ओली सरकारका विशेष दूत दिल्लीमा व्यस्त

काठमाडौं । कम्युनिस्ट सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् ।

ज्ञवाली बिहीबार नयाँदिल्ली प्रस्थान गरेका हुन् । मन्त्री ज्ञवाली र समकक्षी सुष्मा स्वराजबीच नयाँ दिल्लीमा बिहीबार नै भेट भएको छ ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार दिउँसो २ बजेदेखि दुई मन्त्रीबीच भेट भएको छ । भेटमा नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओलीले पठाएको सन्देशका बारेमा पनि परामर्श भएको थियो ।

भेटवार्तामा उनीहरूबीच नेपाल भारत सहकार्यमा भइरहेका विभिन्न परियोजनाको प्रगतिबारे कुराकानी भएको छ ।

दुई मन्त्रीबीच नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक उपयुक्त समयमा कठमाडौंमा गर्ने सहमति भएको दूतावासले जनाएको छ ।

भेटपछि भारतीय समकक्षी स्वराजले आफ्नो सम्मानमा आयोजना गरेको दिवाभोज मन्त्री ज्ञवाली सहभागी भएका थिए ।

नयाँ दिल्लीमा भइरहेको राइसेना डायलगमा भाग लिन मन्त्री ज्ञवाली बिहीबार बिहान भारत गएका हुन् ।

भारतको विदेश मन्त्रालयको सहकार्यमा अब्जर्भर रिसर्च फाउन्डेसनले यो डायलग आयोजना गरेको हो ।

बिहीबार नै मन्त्री ज्ञवालीले उक्त बैठकलाई सम्बोधन गर्नेछन् । मन्त्री ज्ञवाली शुक्रबार स्वेदश फर्कने कार्यक्रम छ ।

Published : Thursday, 2019 January 10, 6:35 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया