इतिहाँस भुल्नु भएन नि खड्गप्रसाद ओली सरः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले इतिहाँसलाई सम्मान र इज्जत गर्न नसक्ने मान्छेलाई भोलिको सन्ततीले पनि सम्मान नगर्ने बताएका छन् ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा शुक्रबार बिहान ट्वीट गर्दै कांग्रेसका नेता खतिवडाले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई इतिहाँस नभुल्न सुझाव दिएका हुन् ।

‘इतिहासको सम्मान र इज्जत गर्न नसक्ने मान्छेलाई भोलिको सन्ततीले पनि सम्मान गर्दैन है ओली सर’, खतिवडाले ट्वीट गर्दै भनेका छन्, ‘राज सत्ता सधै कोहीसँगै रहन्न । राजा पनि जनताले नागार्जुन पठाइएका र राजा जंगल गएर बसेको देश हो नेपाल । सबैलाई चेतना भया ।’

निर्वाचनपछि तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर खड्गप्रसाद ओलीको नेतृत्वमा बनेको कम्युनिस्ट सरकारले पृथ्वीजयन्तीका अवसरमा दिँदै आएको सार्वजनिक विवाद खारेज गरिदिएको थियो ।

ओलीले सरकारको नेतृत्व लिनु अगाडिको नेपाली कांग्रेसको सरकारले पृथ्वीनारायण शाहको योगदानको कदर र सम्मान स्वरुप पुस २७ गते अर्थात पृथ्वीजयन्तीका दिन सार्वजनिक विवाद दिएर सरकारी तहमा राष्ट्रिय एकता दिवस मनाउँदै आएको थियो ।

कम्युनिस्ट सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिनको सार्वजनिक विदा हटाएपछि ओलीकै पार्टीका नेता तथा कार्यकर्ताहरूले समेत विरोध गर्दै आएका छन् ।

Published : Friday, 2019 January 11, 8:19 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया