कांग्रेसको बोल्ड निर्णयले शंकर पोखरेललाई तनाव

बुटवल । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई सार्वजनिक लेखा समितिले आवश्यक पर्‍यो भने गाडी खरिद घोटालामा बयानका बोलाउने तयारी गरेको छ ।

पोखरेलको प्रदेश ५ को सरकारले गाडी खरिदमा गरेका अनियमितता भएको विषयमा सार्वजनिक लेखा समितिले छानबिन गर्न कागजपत्र मागेको छ ।

नेपाली कांग्रेसका प्रदेश सांसद एवम् लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले गाडी खरिदका कागजपत्रहरु झिकाएको जानकारी दिए ।

‘प्रदेश पाँचको सरकारले गाडी खरिदमा घोटाला गरेको भनेर मिडियामा समाचार आएका छन् । सर्वसाधारणको गुनासो पनि आएको छ’, उनले भने, ‘आवश्यक प¥यो भने मुख्यमन्त्री शंकर पोखरेललाई पनि बयानका लागि लेखा समितिमा बोलाउन सकिन्छ ।’

गाडीमा भएको घोटालामा लेखा समितिमा गम्भीर छलफल हुने चौधरीले बताए । चौधरीले आफूले चढेको स्ट्रोम टाटा गाडी ५ हजार किलोमिटर नगुड्दै सकर भांच्चिएर समस्या भएको बताए । सकर फेर्न खोज्दा कहीँ सामान नपाइएको उनले गुनासो गरेका छन् ।

प्रदेश ५ का नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमेश्वर ढकालले गाडी खरिदमा अनियमितता नभएको दाबी गरे । उनले मिडियामा आएका सबै कुरा सत्य नरहेको बताए । ढकालले राजनीतिक रुपमा चरित्र हत्या गर्न गाडी खरिदमा अनियमितता भएको आरोप लगाइएको दाबी गरेका छन् ।

‘प्रक्रियाबाट किनेका हौं, खसीबोका किनेजस्तो मोलतोल गरेको होइन’, उनले भने, ‘दुईवटा संस्थाले टेण्डरमा भाग लिएका थिए । ७३ लाखभित्र दिनसक्नेले टेण्डर पाएका हुन् ।’

Published : Friday, 2019 January 11, 3:24 pm

1 प्रतिकृया प्राप्त “कांग्रेसको बोल्ड निर्णयले शंकर पोखरेललाई तनाव”

  • भर्ष्टलाई जाे भएपनि पदबाट निकालि कारवाई गर्नुपर्छ ।।।।।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया