यी हुन् कर्तुतवाला ‘डिएसपी’, युवतीहरूसँग अबैध यौन सम्बन्ध

काठमाडौं । अनिल थापा नाम गरेका एक युवकले नेपाल प्रहरीको बहालवाला डिएसपी बनेर युवतीहरूसँग अबैध यौनसम्बन्ध राख्ने गरेको खुलासा भएको छ ।

भक्तपुरको बालकोट घर भएका ३५ वर्षीय अनिल थापाले नेपाल प्रहरीका बहालवाला डिएसपी भीमकिरण बोगटीको परिचय दुरुपयोग गरेर अपराध गरेका हुन् ।

युवतीसँग शारीरिक सम्पर्क राख्ने उद्देश्यका लागि थापाले त्यस्तो हर्कत गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले बिहीबार पुतलीसडकस्थित तिरुपति होटेलबाट पक्राउ गरेपछि अनुसन्धानका क्रममा थापाको कर्तुत बाहिरिएको हो ।

थापालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले तिरुपति होटेलको कोठा नम्बर २०३ बाट पक्राउ गरेको थियो । १४ दिनदेखि उनी डिएसपी बोगटीको परिचयमा होटेलमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनको कोठामा प्रत्येक दिन फरक–फरक युवती आउने जाने गर्थे । अनुसन्धानका लागि उनीहरूलाई बोलाएको भनेपछि होटेलवालाले यस विषयमा चासो दिएको थिएन ।

आउने–जानेमध्येकै एक युवती डिएसपीबाट शोषणमा परेको उजुरी लिएर प्रहरी कार्यालय पुगेपछि मात्रै यो विषय सार्वजनिक भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले डिएसपी पदको आडमा अनुचित फाइदा उठाउने उद्देश्यले उनी तिरुपतिमा बसेको पाइएको बताएका छन् ।

प्रहरीका अनुसार थापाले डिएसपी बोगटीकै नाममा भिजिटिङ कार्डसमेत बनाएर विभिन्न व्यक्तिलाई बाँडेका छन् । यस विषयमा बहालवाला डिएसपी भीमकिरण भने बिलकुलै बेखबर छन् ।

श्रीमतीसँग सम्बन्ध बिग्रिएकै कारण थापा १४ दिनदेखि होटेल तिरुपतिमा बहालवाला डिएसपी बोगटीको आवरणमा बसेका थिए ।

थापाले होटेलवालालाई धम्काउँदै ६५ हजार रुपियाँको उधारोको रक्सी, खाना, कोठा लिएका थिए ।

होटेलवालालाई भने आफू गम्भीर प्रकृतिको अपराध अनुसन्धान गर्न महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट आएको र अझै केही दिन सोही कोठामा रहने बताएका थिए ।

थापाले १४ दिनमा रक्सी र खाना मात्रै ६५ हजार रुपियाँको खाएका छन् । ठमेल र दरबारमार्गलगायतका क्षेत्रमा पनि यसले यस्तै हर्कत गरेको खुलेको छ ।

Published : Sunday, 2019 January 13, 12:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया