यी हुन् कर्मचारी कुट्ने ‘बाहुबली’ मन्त्री

जनकपुर । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश मन्त्रालयका सचिवलाई कुटपिट गरेका छन् ।

मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् ।

मन्त्री यादवको कुटाई खाएका सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मन्त्रीलाई कारबाही हुनुको साटो कुटाइखाने कर्मचारीलाई पक्राउ गरिएपछि प्रदेश २ मा आतंक मच्चिएको छ ।

मन्त्री यादवद्धारा सञ्चालित एनजिओलाई कार्यक्रम नदिएको झोँकमा सचिव झाले कुटाइ खाएका हुन् । केन्द्र सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि मन्त्री यादवले आफ्नो एनजीओलाई छनौट गर्न दवाव दिएका थिए । सचिव झाले मन्त्रीको एनजिओलाई कार्यक्रम दिएका थिएनन् ।

एनजिओलाई कार्यक्रम नदिएपछि मन्त्री यादवले आफूमाथि कुटपिट गरेको सचिव झाले बताएका छन् ।

क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएका थिए । त्यसमा ४० वटा संस्था छनोट भएका छन् ।

सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि कर्मचारीहरुले मुख्य ढोकामा धर्ना दिएका छन् । मन्त्री कोठामै थुनिएपछि सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मन्त्री यादवले आफूले नकुटेको दाबी गरेका छन् । यादवले सचिव झा प्रदेशका सभामुख र अर्का एकजना मन्त्रीको अगाडि ‘म लोकल हुँ’ भन्दै आफ्नो पदीय मर्यादा बिर्सिएर चर्को आवाजमा बोल्दै कोठाबाट निस्किएको दाबी गरेका छन् ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री नन्द बुढाले आफूलाई नटेरेको भन्दै सचिव झालाई गत जेठ महिनामा केन्द्रको वन तथा वातावरण मन्त्रालयमा फिर्ता गरिदिएका थिए ।

केही समय वन अनुसन्धान तथा तालिम केन्द्रमा उपमहानिर्देशक रहेका झालाई गत असोजमा प्रदेश २ को मन्त्रालयको सचिवका रुपमा खटाइएको थियो ।

Published : Sunday, 2019 January 13, 7:06 pm

1 प्रतिकृया प्राप्त “यी हुन् कर्मचारी कुट्ने ‘बाहुबली’ मन्त्री”

  • भ्रस्टाचारको चरण पनि दुई तिहाई भन्दा माथी चढदै गएको भ्रस्टाचारको माफिया मन्त्रीले प्रमाणित गरेछ । कर्मचारीले भ्रस्टाचारी नेता र मन्त्री देखि जोगिनु धेरै राम्रो ।।।।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया