वाइड बडी काण्डमा मेरो संलग्नता छैन, भ्रम सिर्जना गरियोः देउवा

धनगढी । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरिद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्टीकरण दिएका छन् ।

धनगढी विमानस्थलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले वाइड बडी विमान खरिद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताए ।

उनले विमान खरिद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी ओली सरकारकै पालामा भएको बताए ।

‘मेरो पालामा वाइड बडी विमान खरिदबारे कुनै काम नै भएको छैन’, सभापति देउवाले भने, ‘मेरो कसरी संलग्नता भयो ?’

देउवाले नेपाली कांग्रेस महासमितिको बैठकपछि पार्टी एक ढिक्का भएको बताएका छन् । देउवाले नेविसंघको विवाद चाँडै समाधान गरिने पनि बताएका छन् ।

Published : Sunday, 2019 January 13, 9:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया