मालामाल बने यी राजदूतहरू

काठमाडौं । संसदको संसदीय सुनुवाई समितिले विभिन्न पाँच देश तथा नियोगका लागि प्रस्तावित राजदूतहरूविरुद्ध उजुरी आहृवान गरेकोमा कुनै उजुरी परेको छैन ।

१० दिनको म्याद दिएर समितिले यहि पुस १८ गते प्रस्तावित पाँच राजदूतहरूविरुद्ध उजुरी आहृवान गरेको थियो ।

निर्धाति समय गत आइतबारसम्म कुनै उजुरी प्राप्त नभएको सुनुवाई समितिले जनाएको छ । उजुरी नपरेकाले अब राजदूतहरूको सीधै सुनुवाई हुनेछ ।

आगामी माघ २ वा ३ गते प्रस्तावित राजदूतहरूको सुनुवाई गर्ने तयारी भइरहेको छ ।

गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद बैठकले नयाँ राजदूत नियुक्तिको सिफारिस गरेको थियो ।

परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्सका लागि आवासीय तथा एन्डोरा, मोनाको र पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्तिको सिफारिस गरेको थियो ।

दुर्गाप्रसाद भण्डारी कुवेतका लागि नेपाली राजदूतमा, भृगु ढुंगानालाई क्यानाडाका लागि आवासीय र क्युबा तथा जमैकाका लागि गैरआवासीय नेपाली राजदूतमा, मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरेको थियो ।

Published : Monday, 2019 January 14, 12:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया