कांग्रेसद्वारा माघे सङ्क्रान्ति र माघी पर्वको शुभकामना

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माघे सङ्क्रान्ति र माघी पर्वका अवसरमा सबै नेपाली दाजुभाई दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

सभापति देउवाले शुभकामना सन्देश दिँदै माघ १ गते मकर सङ्क्रान्ति र माघे सङ्क्रान्तिलाई नेपालका विभिन्न जातजातिले विशेष पर्वका रूपमा मनाउँदै आएको उल्लेख गरेका छन् ।

नेपाल प्राचीन कालदेखि विभिन्न जात, जातिको बसोबासको सङ्गमस्थल रहेको बताउँदै उनले विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाडपर्वको आफ्नो बेग्लै विशेषता छ र एकले अर्काको यी हरेक विषयलाई आदर र सम्मान गर्ने उल्लेख गरे ।

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने यो पर्व आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना बढाउने काममा कोशेढुंगा सावित हुने सभापति देउवाले विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति र माघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै जसले जसरी मनाए पनि सबै चाडपर्व र रितिरिवाजले सबै नेपाली समुदायलाई एकसुत्रमा बाँधेको बताएका छन् ।

सन्देशमा उहाँले एउटै पर्वलाई फरकफरक नाम र मान्यताले मनाउने यो विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता सुदृढ पार्न मद्दत पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

Published : Tuesday, 2019 January 15, 9:55 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया