कांग्रेससँग ओली भोगेर हिँड्न थालेको खाँणले दिए प्रमाण

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक एवम् केन्द्रीय सदस्य बालकृष्ण खाँणले कम्युनिस्ट सत्ताले प्रमुख विपक्षी दलको प्रश्नको जवाफ दिन नसक्ने अवस्थामा पुगेको भन्दै भागेर हिँड्न थालेको आरोप लगाएका छन् ।

रिपब्लिका दैनिकसँग मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा कुरा गर्दै कांग्रेसका नेता खाँणले प्रधानमन्त्री खड्गप्रसाद ओली प्रमुख विपक्षी दलको प्रश्नको सामना गर्न अवस्थामा नरहेको बताए ।

‘प्रधानमन्त्रीले सार्वजनिक महत्वको विषयमा मन्तव्य दिएपछि सांसद सदस्यहरूले उठाएको प्रश्नको जवाफ तत्काल दिनुपर्छ’, उनले भने, ‘संसदको नियमावलीअनुसार कांग्रेसले प्रधानमन्त्रीसँग प्रश्न सोध्न माग गरेको थियो । तर, प्रधानमन्त्री ओलीजीले कांग्रेसले सोध्ने प्रश्नको जवाफ दिने आँट गर्नुभएन । सभामुख कृष्णबहादुर महराले पनि ओलीजीलाई प्रश्न सोध्न दिनुभएन । हामीले तत्काली प्रतिवाद गर्‍यौँ । स्थिति तनावपूर्ण बन्यो ।’

सभामुख कृष्णबहादुर महराका कारण संसदमा नेपाली कांग्रेसले नचाहँदा नचाहँदै पनि अप्रिय घटना हुन पुगेको खाँणले बताएका छन् । ‘कांग्रेसले संसदको नियमावली कार्यान्वयनमा अडान राखेपछि सभामुख कृष्णबहादुर महराले आउँदा दिनमा प्रधानमन्त्री र मन्त्रीले सार्वजनिक महत्वको विषयमा सम्बोधन गर्दा तत्काल प्रश्नको जवाफ दिनुपर्ने बताउनुभयो’, खाँणले भने, ‘हामीले त्यसपछि संसद चल्न दियौँ । कांग्रेस कहिल्यै पनि संसद अवरोध गर्ने पक्षमा छैन । संसदको गरिमा बचाउन काग्रेसले सधैँ भूमिका खेल्छ ।’

संसदमा अबरोध गर्ने नेपाली कांग्रेसको कुनै पनि योजना नरहेको मुख्य सचेतक खाँणले बताए । ‘सरकारलाई अफ्ठ्यारो बनाउने कुनै योजना छैन’, उनले भने, ‘हामीले जनताका आधारभूत कुरा पूरा भयो कि भएन भनेर प्रश्न उठाउने हो ।’ उनले जनताका अधिकारप्रति कांग्रेसको सधैँ ध्यान रहने बताए ।

नेता खाँणले भने, ‘ओली र प्रचण्डजीले निर्वाचनमा जनताका माझ के भन्नुभएको थियो ? घोषणा पत्रमा के कुरा राख्नुभएको छ ? त्यो कुरा र काम अहिलेसम्म पूरा गरिएको छैन ।’

ओली र प्रचण्डको अभिव्यक्तिले जनतामा झन् निराशा छाएको उनले बताए । ‘प्रचण्डजीले प्रजातान्त्रिक व्यवस्थामा काम गर्न नसकिँदो रहेछ भनेर भन्नुभएको छ’, कांग्रेसका नेता खाँणले भनेका छन्, ‘कम्युनिस्ट पार्टीका नेता र स्वयं प्रधानमन्त्री ओलीजीले संसदमा गलत तथ्याङ्क दिनु भएको छ । अर्थमन्त्रालयसँग एउटा तथ्याङ्क छ, प्रधानमन्त्री ओलीजीसँग अर्को तथ्याङ्क छ । प्रधानमन्त्री कार्यालयसँग अर्कै तथ्याङ्क छ ।’

कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीजी पूरै अफसल भएको भन्दै कांग्रेसका नेता खाँणले भने, ‘ओली सरकारबाट जनतामा निरासा छ । नेकपाकै जनप्रतिनिधिहरूले सरकारको पक्षमा खुलेर समर्थनमा बोल्न चाहेका छैनन् । माधवकुमार नेपालले नै सरकारको आलोचना गर्नुभएको छ ।’

Published : Tuesday, 2019 January 15, 9:19 pm

1 प्रतिकृया प्राप्त “कांग्रेससँग ओली भोगेर हिँड्न थालेको खाँणले दिए प्रमाण”

  • madhab ko kurai nagaraun inle kahile desh bech chha yad gare hunchha.Pailenai bharatiya senalai bolauna khoj da madan bhandarile hunna bhani roke kai ho yata byati ko birodh garnu tuk chhaina.

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया