ओलीविरुद्ध काठमाडौंमै उत्रियो सिङ्गो गाउँ, थुप्रै प्रदर्शनकारी पक्राउ

काठमाडौं । काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाह शिलान्यासका क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

स्थानीयको अवरोधका कारण लामो समयदेखि अन्योलमा परेको काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाह शिलान्यासका क्रममा बिहीबार स्थानीबासी र प्रहरीबीच झडप भएको हो ।

शिलान्यासका लागि प्रधानमन्त्री केपी ओली चोभार पुगेका बेला झडप भएको छ ।

प्रधानमन्त्री ओली कार्यक्रमस्थल पुग्नुअघि केहीसमय स्थानीयहरुले आफ्ना माग पूरा नभएको भन्दै शिलान्यास अवरोध गर्ने प्रयास गरेपछि प्रहरीले विरोधमा उत्रिएका स्थानीयलाई पक्राउ गरेको छ ।

संघर्ष समिताका संयोजक पञ्चलाल महर्जनका अनुसार स्थानीय ज्ञानेन्द्र महर्जन, दीपक महर्जन, मिलन खड्कालागयत एक दर्जन पक्राउ परेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्थानीयवासीले उठाएका मागलाई अध्ययन गरी पूरा गर्ने प्रतिवद्धता जनाएकाले विरोध गर्न आवश्यक नरहेको जनाएको छ ।

मन्त्रालयका सहसचिव रविशंकर सैंजुले स्थानीयवासीका माग पूरा गर्ने गरी सुख्खा बन्दरगाहको निर्माण कार्य अगाडि बढाउन लागिएको बताएका छन् ।

यसैबीच, अ‍ोलीले चोभारमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको बिहीबार स्थानीयको विरोधका बीच शिलान्यास गरेका छन् ।

स्थानीय केही व्यक्तिले सिमेन्ट कारखानाको जग्गा आफूहरुलाई दिनुपर्ने भन्दै विरोध गरेकाले लामो समयदेखि बन्दरगाह निर्माण सुरु हुन सकेको थिएन ।

बिहीबार पनि विरोधमा प्रदर्शन गर्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

Published : Thursday, 2019 January 17, 12:23 pm

1 प्रतिकृया प्राप्त “ओलीविरुद्ध काठमाडौंमै उत्रियो सिङ्गो गाउँ, थुप्रै प्रदर्शनकारी पक्राउ”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया