चारतारे झण्डाले रंगियो बुटवल, कांग्रेसले देखायो कम्युनिस्टहरूलाई ‘बाघ’ बनेर शक्ति

बुटवल । नेपाली कांग्रेसले बुटवलमा कायम रहेको प्रदेश नम्बर ५ को राजधानी सार्ने षढ्यन्त्र नगर्न चेतावनी दिएको छ । कांग्रेसका नेताहरुले आमसभालाई सम्बोधन गर्दा तालिको गढगढाहटले स्वागत गरिएको थियो ।

बुटवलमा बिहीबार आयोजना गरिएको वृहत जनप्रर्दशन र विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमन्त्री बालकृष्ण खाँणले राजधानी सार्ने जो कोही पनि सधैँको लागि पतन भएर जाने बताए ।

‘कुनै पनि तागतले अहिले कायम रहेको प्रदेश ५ को राजधानी सार्न सक्दैन’, उनले भने, ‘राजधानीका लागि नेपाली कांग्रेस एक ढिक्का भएर लाग्नेछ ।’

खाँणले अहिले सबैको भावना र अभिमत अनुसार नै बुटवललाई प्रदेश ५ को स्थायी राजधानी बुटवल नै मागेको बताए ।

प्रदेशको राजधानी तोक्नको लागि कुनै पनि विलम्ब गर्न नहुने उनको भनाई रहेको थियो ।

मुलुकको विकासको लागि अहिलेको सरकारले गतिशील भूमिका खेल्न नसकको पूर्वमन्त्री खाँणले आरोप लगाए । उनले सरकारलाई नेपाली कांग्रेसले निरन्तर खबरदारी र निरन्तर आलोचना गर्ने समेत बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले अहिलेको सरकारले विकासभन्दा पनि भष्टाचार बढी गरेको अरोप लगाए । उनले प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न नसक्नु कम्नष्युष्ट शासनको पराकाष्ट भएको बताए । समान्तवादको नाममा नेपालमामा कम्युनिष्ट शासन लाद्न खोजेको आरोप समेत लगाए ।

सभालाई सम्वोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले पहाड र तराई छुट्टिन नहुने बताए । उनले सबैको संघर्षबाट नै संघीयता आएको भन्दै संघीयतालाई स्थायीरुप दिनको लागि एकता आवश्यक रहेको बताए ।

नेपाली कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकले कम्युनिष्टहरु जनताको पक्षमा काम गर्नुको सट्टा भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।

सो अवसरमा अर्घाखाँचीका सभापति विष्णु मुस्कानले प्रदेश विखण्डनमा जस्तै अर्घाखाँची जिल्ला सबै रुपन्देहीको साथमा रहेको जनाउँदै मिलेर बस्न खोजका जनता लडाउने काम भए त्यसका विरुद्धफेरि सडकमा आउने चेतावनी दिए ।

गुल्मीका सभापति भुवान श्रेष्ठले केन्द्रमा वाइड वडी प्रदेशमा वाइड बडी आतंकले जनता आजित भएको भन्दै जनताले कम्युनिष्टहरुलाई मत दिएर गल्ती गरेको बताए ।

कार्यक्रममा पाल्पाका सभापति वीरबहादुर राना, नेपाली कांग्रेस प्रदेश नम्बर ५, प्रदेश सभा संसदीय दलतका नेता बलदेव शर्मा पोखरेल, सांसदहरु रमा अर्याल, वीरेन्द्र कनौडिया, नेपाली कांग्रेस रुपन्देही क्षेत्रन २ का क्षेत्रीय सभापति हरि लम्साल, जिल्ला सचिव रामकृष्ण खाँण, बुटवल नगर सभापति खेलराज पाण्डे लगायतका नेताहरुले सभालाई सम्बोधन गरेका थिए ।

बुटवलको राजमार्ग चौरहाबाट रुपन्देही जिल्लाका १६ वटा स्थानीय तह, नेपाली कांग्रेसका समितिको सहभागितामा राजधानी नर्सानका लागि दबाब सहित र्‍याली आयोजना गरिएको थियो ।

बुटवलको राजमार्ग चौराहबाट निस्किएको र्‍याली मिलनचौक, बसपार्क, अस्पताल लाइन हुँदै कार्यक्रमस्थल बुटवलको ट्राफिक चौकमा पुगेर सभामा परिणत भएको थियो ।

सभामा सहभागी हुन आएका कांग्रेसका हज्जारौँ नेता तथा कार्यकर्ताले बुटवल बजार भरिएको थियो । चार तारे झण्डाले बुटवल बजार रंगिएको कांग्रेस रुपन्देहीले दाबी गरेको छ ।

Published : Thursday, 2019 January 17, 6:14 pm

2 प्रतिकृया प्राप्त “चारतारे झण्डाले रंगियो बुटवल, कांग्रेसले देखायो कम्युनिस्टहरूलाई ‘बाघ’ बनेर शक्ति”

  • rahhdhani butwal hunu hudaina .congress ko kam xoina.dhang noi rajhdhanii hunu parxa.tada
    tasai gari cpnuml ka karakarta nee sadak ma aauna sakxan.yo sabai congress ko natak hoo

  • सबैकाेे सहमतिमा अगाडि बढ्नु नै राम्राे हाे

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया