ओलीको पानीजहाजको कार्यालयबारे के भन्छन् गगन थापा ?

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गगन थापा पानीजहाजको कार्यालय स्थापनाका लागि कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले गरेको निर्णय र प्रक्रियालाई शुभकामना दिएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै युवा नेता थापाले पानीजहाज ल्याउन प्रधानमन्त्री ओलीजीले गरेको प्रयासमा शुभकामना दिएको बताए ।

‘मैले रेलको टिकट काटेको भृकुटीमण्डपमा हो । प्रधानमन्त्रीको सपना पूरा होस्’, उनले भने, ‘प्रधानमन्त्रीको समृद्धि र सुशासनको सपनामा जनता छैनन् । सपनामा जनता नभएको त्यो पानीजहाज र रेल कसले चढ्छ ?’

कांग्रेसका नेता थापाले प्रधानमन्त्री ओलीलाई आफ्नै नजिकका व्यक्तिहरूले नाङ्गो बनाइदिएको टिप्पणी गरे । ‘प्रधानमन्त्री ओलीज्यूलाई आफन्तले कपडा लगाइदिएका छन् ।

नजिककाले तपाईलाई राम्रो सुहाएको छ भनेका छन् । ओलीजी नजिकका आफन्तको कुरा सुनेर मख्ख हुनुहुन्छ’, उनले भने, ‘तर उहाँ (ओली) नाङ्गै हुनुहुन्छ । उहाँलाई तपाई नाङ्गै हुनुहुन्छु भन्ने बहादुर व्यक्ति छैन ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य थापाले भने, ‘घरभित्रको मान्छेले प्रधानमन्त्रीजी तपाई नाङ्गो हुनुहुन्छ कपडा लगाउनुस् भनिदिनुपर्‍यो ।’

सरकारका कामकारबाही जनता विरोधी भएको बताएका थापाले भने, ‘संविधानमाथि ओली सरकारले दिन प्रतिदिन प्रहार गरिरहेको छ । जनताका आधारभूत समस्या पनि पूरा भएका छैनन् ।’ निर्वाचनका बेला ओलीज्यूले गरेको कुनै पनि कुरा र प्रतिवद्धताहरू पूरा हुन नसकेको उनले आरोप लगाए ।

गफले मात्रै देश नचल्ने कांग्रेसका नेता थापाले बताए । ‘कुराले मात्रै देश चल्दैन’, उनले भने, ‘देश चलाउन काम गर्नुपर्छ । जनताको काम गर्नुपर्छ । आफ्ना आसेपासेका कुराले देश भन्दैन ।’

Published : Friday, 2019 January 18, 9:42 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया