कांग्रेसले दियो जिल्लाहरूलाई कडा निर्देशन, तरुण दलले उथलपुथल ल्याउँदै

काठमाडौं । नेपाली कांग्रेसले जिल्ला कार्यसमितिहरूलाई नेपाल तरुण दलले कम्युनिस्ट सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, निर्मला हत्या प्रकरण, अलोकतान्त्रिक क्रियाकलापविरुद्ध गर्न लागेको प्रदर्शनमा सहयोग गर्न निर्देशन दिएको छ ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले माघ ३ गते ७७ जिल्लाका सभापतिहरूलाई परिपत्र गरेर नेपाल तरुण दलको विरोध सभा र विरोध र्‍यालीहरूलाई सहयोग र समन्वय गर्न सभापति शेरबहादुर देउवाको निर्देशानुसार परिपत्र गरेका हुन् ।

यसअघि नेपाल तरुण दलले पनि आफ्ना जिल्ला समितिहरूलाई परिपत्र गर्दै माघ ८ गतेदेखि माघ १४ गतेसम्म हुन लागेको विरोधका कार्यक्रमको तयारी गर्न निर्देशन दिएको थियो ।

कम्युनिस्ट सरकारले अधिनायकवादी चरित्र देखाउँदै गएको, भ्रष्टाचारलाई बढावा दिएको, निर्मला पन्तको बलात्कार र हत्याराहरूलाई सजाय दिन नसकेको, शान्ति सुरक्षा बिग्रिएको जस्ता आरोपहरू लगाउँदै नेपाल तरुण दलले सात प्रदेशका राजधानीहरूमा माघ ८ देखि १४ गतेसम्म विरोध र्‍याली र विरोध सभा गर्दै छ ।

नेपाल तरुण दलले माघ ८ गतेदेखि शुरु हुन लागेको कार्यक्रमलाई भव्य र कम्युनिस्ट सरकारविरोधी बनाउन दिनदिनै तयारीहरू गरिरहेको छ ।

विरोध कार्यक्रमलाई लिएर नेपाल तरुण दलका जिल्ला कार्यसमितिहरूले प्रशिक्षण, भेला, भेटघाट, प्रचार प्रसार लगायतका कार्यक्रम गर्दै आएका महासचिव भुपेन्द्रजंग शाहीले जानकारी दिए ।

नेपाल तरुण दलले माघ ८ गतेदेखि १४ गतेसम्म विभिन्न स्थानमा सरकारविरोधी विरोध ¥याली र विरोध सभा गर्दै छ ।

माघ ८ गते प्रदेश १ को राजधानी विराटनगर, माघ ९ गते प्रदेश २ को राजधानी जनकपुरधाम, माघ १० गते प्रदेश ३ को राजधानी हेटौँडा, माघ ११ गते गण्डकी प्रदेशको राजधानी पोखरा, माघ १२ गते प्रदेश ५ को राजधानी बुटवल, माघ १३ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर र माघ १४ गते सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा नेपालल तरुण दलले कम्युनिस्ट सरकारविरुद्ध विरोध र्‍याली र विरोध सभा गर्दै छ ।

 

Published : Friday, 2019 January 18, 10:34 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया