कांग्रेसका ‘भाइरस’लाई धुम्बाराहीमा स्वागत

काठमाडौं । पूर्वसांसद तीर्थराज भुसाल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

काठमाडौंको धुम्बाराहीमा शनिबार आयोजित कार्यक्रममा भुसाल नेकपामा प्रवेश गरेका हुन् । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष खड्गप्रसाद ओली र दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुसाललाई नेकपामा प्रवेश गराएका हुन् ।

नेपाली कांग्रेस चितवन जिल्लाका पूर्वसभापतिसमेत रहेका भुसालले केही समय यता कांग्रेस विरोधी गतिविधिमा संलग्न रहँदै आएका थिए ।

भुसाल ०४९ सालमा नेपाली कांग्रेसको चितवन जिल्ला सभापति भएका थिए । ०५० सालमा राष्ट्रिय सुकुम्बासी आयोगका अध्यक्ष र ०५१ सालको निर्वाचनमा चितवनबाट निर्वाचित भएका थिए ।

पूर्वसांसद भुसालले मुलुकलाई समृद्ध बनाउन नेकपामा प्रवेश गरेको बताएका छन् । ‘नेपाली कांग्रेसले मुलुकको समृद्धि गर्न सकेन, सामाजिक परिवर्तन, जनताको मुक्ति र समृद्धि नेकपाले गर्न सक्छ’, भुसालले भनेका छन्, ‘ओली र दाहालको निर्देशनलाई कार्यान्वयन गर्न लाग्नेछु ।’

कांग्रेसलाई चितवनमा समाप्त पार्ने खेलामा लागेपछि भुसाललाई कांग्रेसका नेता तथा कार्यकर्ताले बहिस्कार गर्दै आएका थिए ।

प्रतिनिधि सभाको निर्वाचनमा पूर्वसांसद भुसालले प्रचण्डको पक्षमा भोट मागेर हिँडेका थिए । त्यस बेला चितनव कांग्रेसका नेता तथा कार्यकर्ताले भुसाललाई प्रचण्डसँग मोटो रकम लिएर सहयोग गरेको आरोप लगाएका थिए ।

Published : Saturday, 2019 January 19, 8:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया