गाउँका जनतालाई सुविधा दिन कांग्रेस नेता खतिवडाले उठाए मजदुरसँगै बेल्चा (तस्बिर)

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले ओखलढुंगामा चुनावी प्रचार प्रसारको बेलाको आफ्ना मतदाताहरूसँग गरेको बाचाहरू धमाधम पूरा गर्न थालेका छन् ।

प्रतिनिधि सभाको निर्वाचनका बेला चुनावी प्रचार प्रसारका बेला ओखलढुंगाको बलखुमा भएको आमसभालाई सम्बोधन गर्दै कांग्रेसका युवा नेता खतिवडाले त्यस क्षेत्रका जनताहरूका लागि झोलुङ्गे पुल निर्माण गर्ने प्रतिवद्धता जनाएका थिए । त्यो प्रतिवद्धता खतिवडाले शनिबार पूरा गरेका छन् ।

ओखलढुंगाबाट निर्वाचित तत्कालीन एमालेका सांसद यज्ञराज सुनुवारले जनताका माग र पीडाहरूको सुनुवाई गर्न नसकेको भनेर गुनासो बढिरहेका बेला प्रतिनिधिसभा निर्वाचनमा पराजित कांग्रेसका युवा नेता खतिवडाले धमाधम जनताका मागहरू पूरा गर्दै आएको कांग्रेस ओलखढुंगाले जनाएको छ ।

सोही प्रतिवद्धतालाई युवा नेता खतिवडाले अन्तिम चरणमा पुर्‍याएका छन् । गोठचौरघाट र जेरुङघाटमा तत्काकालीन समयमा खतिवडाले चुनावी नतिजा जे भएपनि मैले झोलुङ्गे पुल निर्माण गरेरै छाड्छु भनेर घोषणा गरेका थिए ।

चुनावी प्रतिवद्धता अनुरुप गोठचौरघाट–बलखु–ओखलढुङ्गा र खाङसाङ–सिन्धुली झोलुङे पुल (३२१ मिटर लामो) र जेरुङघाट–बलखु–ओखलढुङ्गा र तिनखण्डे–सिन्धुली (१८२ मिटर लामो ) झोलुङ्गे पुल खतिवडाले सिलान्यास गरेका छन् । पूलको सिलान्यास गर्ने बेला युवा नेता खतिवडाले बेल्चाबाट मसला काम गर्ने स्थानसम्म पुर्‍याएर मजदुरहरूको हौसला बढाइदिएका थिए ।

कांग्रेसका युवा नेता खतिवडाले चुनावका बेला जसले जे भनेपनि राजनेताले जनतालाई सुविधा दिनुपर्ने बताए ।

‘चुनावका बेला कांग्रेस र कम्युनिस्ट भनेर चुनाव लडियो । म पराजित भएँ । तर, चुनावमा गरेको प्रतिवद्धता पूरा गर्न म सधैँ लाग्नेछु’, कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता खतिवडाले भने, ‘गाउँमा विकास भयो भने जनताले सुविधा पाउँछन् । विकास गर्ने विषयमा कांग्रेस र कम्युनिस्ट भन्नु हुँदैन ।’

कांग्रेसका युवा नेता डा.राजेश राईले यो झोलुङ्गे पुलले गाउँका जनताको दैनिक जीवनमा ठूलो महत्व राख्ने बताए । उनले झोलुङ्गे पुलबाट जनतालाई धेरै लाभ हुने बताए ।

ओखलढुंगाको जेरुङघाट एतिहासिक ठाउँमा पर्छ । झोलुङ्गे पुल निर्माणका लागि कांग्रेसका युवा नेता खतिवडाले पहल गरेको भन्दै स्थानीयले धन्यावाद समेत दिएका छन् ।

Published : Saturday, 2019 January 19, 9:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया