विश्वप्रकाशले ‘कम्युनिस्ट र उपियाँ’को कथा सुनाउँदा हाँसोले हल गुञ्जियो

धनगढी । नेपाली कांग्रेसका प्रवक्ता एवम् युवा नेता विश्वप्रका शर्माले कम्युनिस्टहरूको समाजवादको पछाडि नलाग्न अपील गरेका छन् । कम्युनिस्टहरूले जनतालाई ढाँट्न समाजवादको कुरा गरेको बताए ।

कैलालीको धनगढीमा आइतबार बिहान जिल्लास्तरीय अगुवा कार्यकर्ताहरूलाई प्रशिक्षण दिँदै प्रवक्ता शर्माले कांग्रेसको समाजवादले सबै जनतालाई समृद्ध बनाउने बताए । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले संसदमा दिएको अभिव्यक्तिले कम्युनिस्टहरू देशमा अधिनायकवाद ल्याउन आतुर रहेको उनले बताए ।

समाजवादको कुरा कांग्रेसले मात्रै असली रुपमा प्रयोग गर्न सक्ने भन्दै उनले कांग्रेसको समाजवाद वैज्ञानिक रहेको बताए ।

‘एउटा बाँसुरी छ । नजिकै ३ जना छन् । त्यो बाँसुरी सबै जनाले दाबी गर्छन् । एउटाकी छोरीले बाँसुरी माग्छिन् उनलाई बजाउन आउँदैन । दोस्रो व्यक्तिसँग पैसा छ बजाउन जान्दैन तर, उसले पनि चाहिन्छ । तेस्रो व्यक्तिसँग पैसा छैन तर बजाउन जान्छ । उसले पनि बाँसुरी माग्छ । कांग्रेसले जसले बजाउन जान्छ उसलाई दिनुपर्छ भन्छ । किन भने जानेको मान्छेले उत्पादन धेरै गर्‍यो भने सबैलाई हुन्छ । सबैले पाउनु पर्छ भन्छ’, शर्माले भने, ‘कांग्रेसको समाजवादमा सबै अट्छन् । कांग्रेसले सबैलाई धनी बनाउन चाहन्छ ।’

०४६ सालको परिवर्तनपछि कांग्रेसले देशका कलकारखाना र उद्योग बेचेको भनेर लगाएको आरोपलाई प्रवक्ता शर्माले स्वीकार गरे । उनले भने, ‘हो कांग्रेसले चुरोट उद्योग बेच्यो, तर जग्गा बेचेन । जुत्ता उद्योग बिक्री गरेर निजी क्षेत्रको लगानी भित्र्यो ।’

कांग्रेसले देशको नेतृत्व सम्हालेपछि आर्थिक उन्नती र विकास भएको शर्माले बताए । कांग्रेसले बसालेको अर्थनीतिको जगमा देश अहिले पनि चलिरहेको उनले बताए ।

‘सरकारले चुरोट कारखाना चलाउने होइन । जुत्ता कारखाना चलाउने होइन । जनकपुर चुरोट कारखाना बेच्यो । त्यसपछि कांग्रेसले अस्पताल खोल्यो । बाटो बनायो । शिक्षा खुला गर्‍यो । गिरिजाप्रसाद कोइरालाले चुरोटको एउटा खिल्लीमा एक पैसा कर उठायो । भरतपुरमा क्यान्सर अस्पताल बनायो । सबैले उपचार गर्न पाएका छन्’, प्रवक्ता शर्माले भने, ‘बाँसबारीको जुत्ता कारखाना बेच्यो । जुत्ता सिलाउने जग्गामा गंगालाल अस्पताल खोलेको छ । त्यो ठाउँमा पहिला जुत्ता सिलाइँन्थ्यो । अहिले त्यो ठाउँमा जनताको प्वाल परेको मुट सिलाइन्छ । मुटुको उपचार हुन्छ । सरकारले जुत्ता बनाउने होइन । सरकारले जुत्ता भारतबाट कसलाई कति नम्बरको लाग्छ भनेर आयात गर्ने होइन । अहिले हेनुस् त जुत्तामा नेपाल आफै आत्मनिरभर बनेको छ । जुत्ता विदेशमा पठाएर पैसा आयात गरेको छ । कांग्रेसले नै महँगा उपचार पद्धति रहेको मिर्गौलाको उपचार निःशुल्क गराइदिएको छ ।’

कम्युनिस्टहरू भनेका ‘आवेग’ मात्रै गर्नेहरूको झुण्ड भएको प्रवक्ता शर्माले बताए । ‘कम्युनिस्टहरूले हिंसा नगर्नुपर्ने बेला हिंसा गरे । ओरजिनल कम्युनिस्टमा ‘आवेग’मा मात्रै हुन्छ । आवेगले केही पनि काम हुँदैन । हात मिलाउँदा पनि देखाइहाल्छन् औकात । कम्युनिस्टहरूको ‘आवेग’ले संविधान दिन सकेनन्’, उनले भने, ‘कम्युनिस्टहरूमा विवेकता छैन । त्यही भएर संविधान जारी गर्न कांग्रेस आउनु परेको हो ।’

उनले भने, ‘अहिले पनि केपी ओलीमा ‘आवेग’ छ तर, ‘विवेकता’ छैन । कम्युनिस्टले देशलाई निकास पनि दिँदैन । कम्युनिस्टहरूले विकास पनि गर्दैन । विवेक, धैर्यता, शालिनताका कुरा कम्युनिस्टमा हुँदैन ।’

विश्वभरिका कम्युनिस्टहरूमा ‘उपियाँ’ नामको ‘आवेग’ भरिदिएको कांग्रेसका प्रवक्ता शर्माले बताएका छन् ।

प्रवक्ता शर्माले ‘हर्कबहादुर र उपिँया’ कथा सुनाउँदै भने, ‘एउटा स्कुलको कक्षामा शिक्षकले निवन्धका बारेमा पढाए । पछाडि बेञ्चमा बसेको हर्कबहादुरले शिक्षकको कुरै सुनेन । शिक्षकले कुनै एकको बारेमा निबन्ध लेख्न भनेका थिए । हर्कबहादुरले साथीलाई सोध्यो निबन्ध भनेको हो ? गाईको बारेमा साथीले हर्कबहादुरलाई भने । हर्कबहादुरले शिक्षकलाई गाईको बारेमा निबन्ध भन्यो । शिक्षकले गाईका बारेमा भनेको निवन्ध चोरी गरेको थाहा पाए । शिक्षकले हर्कबहारलाई उपियाँको निबन्धमा लेख्न भने । हर्कबहादुरले उपियाँले टोक्यो भने खटिरा आउँछ, खटिरा आयो भने गाई मर्न सक्छ भने । शिक्षकलाई चित्त बुझेन । माछाको बारेमा निबन्ध लेख्न भने । हर्कबहादुरले माछा पानीमा बस्ने भएकाले उपियाँले टोक्दैन । तर, पानी बाहिर बसेको भए टोक्थ्यो भनेर उपियाँको कुरा जहाँ पनि लगेर जोडेपछि शिक्षक दिक्क भए । त्यसपछि फाकाएर हर्कबहादुरलाई सानो कक्षामा सारियो । विश्वभरिका कम्युनिस्टहरूको दिमागमा उपियाँ नामक आवेग भरिएको छ ।’

शर्मले उपियाँ र कम्युनिस्टहरूको कथा सुनाउँदा हलमा सहभागी नेता तथा कार्यकर्ताहरू हाँसेका थिए ।

कांग्रेसका प्रवक्ता शर्माले कम्युनिस्टहरूको दिमागभित्र रहेको उपियाँ नामक आवेगले गर्दा देशको विकास र समृद्धि कहिल्यै पनि नहुने बताए ।

उनले कांग्रेसभित्र पनि अविश्वासको उपियाँ रहेको बताए । उनले भने, ‘हामीभित्र पनि अविश्वास र प्रेमको उपियाँ छ । त्यो उपियाँलाई कसरी सफा गर्ने हो हामी आफैले गर्नुपर्छ ।’
कम्युनिस्टहरूभित्र रहेको आवेग नामक उपियाँका कारण संविधान लेख्न नसकेपछि कांग्रेस आवश्यक परेको उनले बताए । ‘आवश्यक पर्दा कांग्रेस जस्तो कठोर कोही पनि भएन । कांग्रेस जस्तो लचिलो पनि कोही भएन’, उनले भने, ‘कम्युनिस्टहरूले आवेगमा आएर गरेका निर्णयले ठूलो हानीनोक्सानी भएको छ ।’

‘जय नेपाल’ र ‘लाल सलाम’ शब्दको ब्याख्या र फरक दिँदै कांग्रेसका प्रवक्ता शर्माले भने, ‘जय नेपाल भन्नका लागि नेपाली मोटोमा आमाको कोखबाट जन्म हुनुहुनु पर्छ । जय नेपालले हिमाल, पहाड र तराईलाई जोड्छ । लाल सलाम भनेको हिन्दी र पाकिस्तानको उर्दु शब्द हो । हामी नेपाल जोड्छौँ । कम्युनिस्टहरू भारत र पाकिस्तानका कुरा गर्छन् ।’

प्रवक्ता शर्माले भने, ‘कम्युनिस्टहरू भनेका दाँत जस्तै हुन् । मान्छेको कान्छो अंग जस्तै । जन्मिदा दाँत आउँदैन । पछि मात्रै आउँछ । मान्छे मर्नुभन्दा अगाडि नै दाँत जान्छ । कम्युनिस्ट त्यस्तै हुन् । कम्युनिस्टहरू कठोर छन् । कांग्रेस जिब्रो जस्तो नरम छ । जिब्रो जन्मदै मान्छेसँगै आउँछ । त्यसको नरमता हुन्छ । मान्छे मर्दासँगै जान्छ । कांग्रेस जिब्रो जस्तै हो ।’

Published : Sunday, 2019 January 20, 12:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया