प्रचण्डकी पत्नी अस्पताल भर्ना, के रोग लागेको छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पतालमा भर्ना भएकी छिन ।

ललितपुरको धापाखेलस्थित एक अस्पतालमा सीता दाहाललाई आइतबार बिहान भर्ना गरिएको हो ।

ज्वरो र रुघाखोकी लगायतका समस्या देखिएपछि सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।

लामो समयदेखि अस्वस्थ रहेकी सीता दाहाल पुत्र प्रकाश दाहालको निधनपछि निकै तनावमा परेकी थिइन । प्रकाशको निधनपछि उनी अझै तंग्रिन सकेकी छैनिन् ।

घरमा पनि उनको उपचार गरिएको थियो । तर ज्वरो र खोकी नियन्त्रणमा नआएपछि अस्पतालमा भर्ना गरिएको छ ।

दाहालको डा. युवराज शर्माको टोलीले उपचार गरिरहेको छ । लामो समयदेखि सुगर, प्रेसर लगायतका समस्याबाट पनि पीडित छिन् । उनको उपचार भारतदेखि सिंगापुरका अस्पतालमा उपचार गरिएको थियो ।

Published : Sunday, 2019 January 20, 12:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया