कांग्रेसद्वारा संसद अबरुद्ध, गच्छदारले दिए कम्युनिस्ट सरकारको दादागिरिको जवाफ

काठमाडौं । कम्युनिस्ट सरकारले राजनीतिक पूर्वाग्रही भएर गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएका अस्पतालहरू खारेज गर्ने प्रक्रिया अगाडि बढाएको विरोधमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद अबरोध गरेको छ ।

संसदको सोमबारको बैठक शुरु हुनेवित्तिकै नेपाली कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारले समय लिएर धारणा राखेका थिए ।

उनले भने, ‘गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पतालहरू केन्द्र सरकारको मातहतमा राख्नु पर्छ । अस्पताल खारेज गर्ने प्रक्रिया अगाडि बढाएको छ । त्यो रोकिनु पर्छ ।’

कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले तनहुँको गिरिजाप्रसाद कोइराला श्वास प्रश्वास अस्पताल र सुशील कोइरालाको नाममा बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खारेज प्रक्रियामा लगेपछि कांग्रेसले बिरोध जनाएको हो ।

कांग्रेसका सांसदहरू आ–आफ्नो सिटमा उभिएर संसद अबरोध गरेपछि सभामुख कृष्णबहादुर महराले संसदको बैठक १५ मिनटका लागि रोकेका छन् ।

Published : Monday, 2019 January 21, 12:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया