आफ्नै जिल्लामा रामचन्द्रलाई धक्का, गोविन्दराजद्वारा कांग्रेस कब्जा

दमौली । नेपाली कांग्रेसका पूर्वसह–महामन्त्री गोविन्दराज जोशीले तनहुँ जिल्लामा नेतृत्व असक्षम भएको भन्दै विशेष अधिवेशन गरेका छन् ।

अधिवेशनको मंगलबार उदघाटन गर्दै नेता जोशीले वर्तमान जिल्ला कार्यसमिति इतिहासकै असक्षम भएको बताए । उनले कांग्रेसलाई सुधार गर्न विशेष जिल्ला अधिवेशन गरेको बताएका छन् ।

‘जिल्ला कार्यसमिति असक्षम भएका कारण प्रदेश र प्रतिनितिधि सभामा कांग्रेसले सबै सिट गुमाउन परेको छ’, उनले भने, ‘कांग्रेसको साख राख्न विशेष अधिवेशन गरेका हौँ ।’

जोशीले सक्कली कांग्रेस आफू भएको दाबी गरे । कार्यकर्तालाई विचलित नहुन जोशीले आग्रह पनि गरेका छन् ।

नेपाली कांग्रेस पार्टी कार्यालयमा गएर नवगठित पदाधिकारी तथा सदस्यलाई पदस्थापन गर्ने भनिए पनि सफल भएनन् ।

नेपाली कांग्रेस तनहुँले जोशी पक्षलाई प्रवेश गर्न नदिएपछि जोशी पक्ष आक्रोशित हुँदै फर्केका छन् ।

जोशी समूहले गरेको विशेष अधिवेशनबाट डिल्लीराम अधिकारीको सभापतित्वमा जिल्ला कार्यसमिति चयन गरेको छ ।

सचिवमा चिनु पोखरेल, कोषाध्यक्षमा बालकृष्ण पौडेल चयन भएको अधिवेशनका निर्वाचन अधिकृत हरिशरण पण्डितलले बताएका छन् ।

नेपाली कांग्रेस तनहुँले विशेष अधिवेशन पार्टीको विधि र विधान विपरीत भएको कार्यवाहक सभापति जीतप्रकाश आलेले बताएका छन् ।

कांग्रेसका नेता रामचन्द्र पौडेलले जोशीसहितका कांग्रेसका नेताहरूलाई व्यक्तिगत रिसइबीका कारण कारबाही गरेपछि जोशीले छुट्ट अधिवेशन गरेका हुन् । जोशीलाई सिध्याउन पौडेलले ठूलो षड्यन्त्र गर्दै आएका छन् ।

आफ्नै गृहजिल्ला तनहुँ मिलाउन नसकेका नेता पौडेल कार्यकर्ताहरूलाई प्रशिक्षण दिन भन्दै विभिन्न जिल्लाहरूको भ्रमणमा निस्किएका छन् ।

Published : Tuesday, 2019 January 22, 7:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया