ओलीजी असफल हुनुभयो, सत्ता खोस्ने बेला आयोः जितजंग बस्नेत

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले खड्गप्रसाद ओलीले देश चलाउन नसकेकाले हातबाट सत्ता खोस्ने बेला आएको बताएका छन् ।

नेपाली रेडियो निटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष बस्नेतले ओलीले देश चलाउन नसकेको बताए । ‘ओलीजीले देश चलाउन सक्नु हुन्न । उहाँको हातबाट सत्ता हस्तान्तरण गर्नुपर्छ । होइन भने खोस्नुपर्छ । उहाँले भ्रष्टाचारी र हत्यारालाई संरक्षण गर्नुभएको छ’, बस्नेतले भने, ‘कांग्रेसलाई सत्ता चाहिएको छैन । तर, ओलीबाट देश चल्दैन ।’

नेपाल तरुण दलले ओलीको अधिनायकवाद र भ्रष्टाचार, महँगी, अनियमितताका विरुद्ध आन्दोलन गरेको उनले बताए । ‘तरुण दललाई नेपाली जनताले साथ दिएका छन् । विराटनरमा मंगलबार भएको कम्युनिस्ट सरकार विरोधी कार्यक्रममा हज्जारौँ मासिनले साथ दिएका छन्’, उनले भने, ‘बरु ओली नेतृत्वको कम्युनिस्ट सरकारले साथ पाएको छैन । तरुण दललाई जनताको समर्थन छ ।’

वाइड बडी जहाज खरिद काण्डमा कांग्रेस सभापति शेरबहादुर देउवाको संलग्नता छ रे नि ? भनेर सोधिएको प्रश्नको जवाफमा तरुण दलका अध्यक्ष बस्नेतले भने, ‘ओलीजीले जहाज खरिद गर्ने प्रक्रिया र पहिलो निर्णय गर्नुभयो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पैसा दिन शुरुवात गर्नुभयो । शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक हप्ताभित्रै पैसा गएको छ । देउवा प्रधानन्त्री भएर क्याबिनेट विस्तार नहुँदै पैसा गएको छ । देउवाले छानविन गर्न माग गर्नुभएको छ । वाइड बडी घोटालामा देउवाको कुनै संलग्नता छैन ।’

तरुण दलका अध्यक्ष बस्नेतले कम्युनिस्टहरू पटक–पटक सत्तामा आएपनि देश र जनताका लागि कुनै पनि स्मरण गर्न लायकको काम गर्न नसकेको बताए ।

‘कम्युनिस्टहरूले देश चलाएका छन् । उनीहरूले कहिले पनि राम्रो काम गरेका छैनन्’, उनले भने, ‘उखान टुक्का भनेर देश चल्दैन ।’ उनले कांग्रेसले गरेका कामलाई मैले गरेको हुँ भनेर कम्युनिस्ट सरकार र नेताहरूले दाबी मात्रै गर्न जानेको बताए ।

कम्युनिस्ट सरकारले प्रधानन्याधीशलाई हटाउन कर्मचारीको पत्रको प्रयोग भएको भन्दै उनले भने, ‘यो सरकारले न्यायालयलाई आफ्नो दवाव र छायाँमा राखेको छ ।’ न्यायाधीश जस्तो व्यक्तिलाई कर्मचारीको पत्रले बर्खास्थ गर्न सक्छ ? भन्दै उनले प्रश्न गरेका छन् ।

नेपालका गरिव जनताको जीवनस्तर उठाउने गरेर काम गर्नुको साटो ओली सरकार राष्ट्रपतिलाई धनी बनाउन लागेको भन्दै तरुण दलका अध्यक्ष बस्नेतले आपत्ति जनाएका छन् ।

‘यो कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओलीजीले राष्ट्रिपतिलाई धनी बनाउन लाग्नुभएको छ । घर बनाउन लाग्नु भएको छ । ओलीजीले महँगा विलासी गाडी दिनुभएको छ’, उनले भने, ‘राष्ट्रपतिलाई धनी बनाउने र विलासी सुविधामा राख्ने गरेर नेपाली जनताहरू यति धेरै धनी छैनन् । यो कुरा बुझ्नुपर्छ ।’

नेपाल तरुण दलले कम्युनिस्ट सरकारविरुद्ध माघ ८ देखि १४ गतेसम्म सात वटै प्रदेशको राजधानी केन्द्रित विरोध र्‍याली र विरोध सभाहरू शुरु गरेको छ । तरुण दलको विरोध र्‍याली र विरोध सभाहरूमा जनसमर्थन बढ्दै गएको छ ।

Published : Wednesday, 2019 January 23, 1:58 pm

1 प्रतिकृया प्राप्त “ओलीजी असफल हुनुभयो, सत्ता खोस्ने बेला आयोः जितजंग बस्नेत”

  • आफू वचन र मुद्दा लाई लम्ब्याउन प्रम ओलि ले देउवा लगायत नेका का नेता हरुको नाम ह्वाइट बडि प्रकरण मा जोडेको हो अन्यथा भस्टाचारी प्रम ओलि र प्रचण्ड नै हुन।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया