जनकपुरमा तरुण दलको लोभ लाग्दो प्रदर्शन, छक्कै पर्‍यो कम्युनिस्ट सरकार (तस्वीर)

जनकपुरधाम । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध प्रदेश २ मा विरोध र्‍याली र विरोध सभा गरेको छ ।

नेपाल तरुण दलको आह्वानमा प्रदेश २ को राजधानी जनकपुरधाममा तरुण दलका कार्यकर्ताहरूले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले ओली सरकारले भ्रष्टाचारी, बलात्कारी, कालोबजारी गर्नेहरूललाई संरक्षण गरेको आरोप लगाए । उनीहरूले मुलुकलाई अधिनायकवादतर्फ लैजान थालेको भन्दै आपत्ति जनाए ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले ओली नेतृत्वको कम्युनिस्ट सरकारले देशमा अधिनायकवाद ल्याउन खोजेको आरोप लगाए । ओलीको अधिनायकवादलाई युवा र तरुणहरूले प्रतिवाद गरेर ध्वस्त बनाइदिने बस्नेत र शाहीले चेतावनी दिए ।

विरोध र्‍यालीपछि आयोजित विरोध सभालाई सम्बोधन गर्नेहरूले राज्यका हरेक अंगमा कम्युनिस्ट सरकारले कम्युनिस्टकरण गरेको भन्दै आपत्ति जनाए ।

उनीहरूले देशभरि कम्युनिस्टहरूले शुरु गरेको अराजकता रोकन पनि माग गरेका छन् । वर्तमान सरकारको कार्यशैलीमा सुधार नभए युवा र तरुणहरूले सत्ताबाट गलहत्याउने चेतावनी समेत दिएका छन् ।

सैयौँ युवा र तरुणहरूको सहभागिता रहेको विरोध र्‍यालीले नगरपरिक्रमा गरेको थियो । कम्युनिस्ट सरकारविरुद्ध चर्का नारावाजीसहति नगरपरिक्रमा गरेको तरुण दलको ¥यालीले देशको शान्ति सुरक्षा पनि विग्रर्दै गएको जनाएको थियो ।

प्रदेश १ को राजधानी विराटनगरदेखि शुरु भएको तरुण दलको विरोध र्‍याली र विरोध प्रदर्शन सातै प्रदेशका राजधानीहरूमा हुनेछ ।

तरुण दलको प्रदर्शनलाई ध्यान दिएर स्थानीय प्रशासनले जनकपुरधाममा उच्च सुरक्षा सर्तकता अपनाएको थियो ।

 

     

Published : Wednesday, 2019 January 23, 6:00 pm

1 प्रतिकृया प्राप्त “जनकपुरमा तरुण दलको लोभ लाग्दो प्रदर्शन, छक्कै पर्‍यो कम्युनिस्ट सरकार (तस्वीर)”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया