‘कुर्सी र ५७ दिन’को काण्ड भुलेर शान्ताले कांग्रेसलाई अर्ती दिएपछि…

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले तत्कालीन एमालेले ५७ दिन संसद अवरोध गरेर काठमाडौंका सडकका रेलिङ भाँचेको भुलेर प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई संसदीय मर्यादाको शिक्षा सिकाएकी छिन् ।

चौधरीले कांग्रेसलाई संसदीय मर्यादाको शिक्षा सिकाउँदै गर्दा सत्तारुढ दलले नै रोष्ट्रम घेर्न पुगेको विषयलाई भुलेकी छिन् । उनले प्रमुख प्रतिपक्षी दल खडा भएपछि सदन चल्दैन भन्ने कुरा पनि भुलेकी छिन् ।

कांग्रेसले रोष्टम अगाडि प्रदर्शन गरेका बेला सत्तारुढ दलका सांसद आएर घुसपैठ गर्न खोजेको पनि नेकपाकी सचेतक चौधरील भुलेकी छिन् । यो विषयमा उनले केही बताएकी छैनन् ।
मंगलवार मन्त्रीलाई रोस्टममा जान प्रतिपक्षी दलले अवरोध सिर्जना गरेपछि नेकपाका प्रमुख सचेतक देव गुरुङ सहितका सांसद रोष्टममा पुगेका थिए ।

नेकपाका अध्यक्ष खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारको गलत कुराको विरोध गर्दै कांग्रेसले संसद अबरोध गरेका बेला चौधरीले फेसबुकमा स्टाटस लेखेर कांग्रेसलाई संसदीय मर्यादा सिकाएकी हुन् । नेकपाको जिम्मेवार नेतृ समेत रहेकी सचेतक चौधरीले आफ्नै दल तत्कालीन एमालेको उदण्डतालाई भुलेर कांग्रेसलाई अर्ती दिएपछि फेसबुकमा उनलाई विगतको इतिहाँस स्मरण गराइएको छ ।

चौधरीले भनेकी छिन्, ‘प्रमुख प्रतिपक्ष दलका नेता ज्यूहरूलाई मेरो आग्रह छ । संसद शारीरिक बल देखाउने र कुस्ती खेल्ने मञ्च होइन । देश सञ्चालन गर्नका लागि निम्ति निर्माण र कानून बनाउने सर्वोच्च संस्था हो ।’

‘लोकतान्त्रिक संस्कार व्यवहारबाट देखिनु पर्दछ, भाषणमा भन्ने र कागजमा लेख्ने कुराको कुनै अर्थ हुँदैन’, उनले भनेकी छिन्, ‘संसदमा माननीय ज्यूहरूले प्रदर्शन गर्नुभएको अराजकता देख्दै गर्दा किसुनजी र गणेशमानले नेपाली कांग्रेसमा प्रजातान्त्रिक चरित्र समाप्त भयो, सैद्धान्तिक बिचलन देखियो त्यसैले कांग्रेस र चारतारे झण्डा छोडियो भनेको याद आयो ।’

संसदमा कुर्सी फुटाउ कम्युनिस्ट गरेका यी सांसदको नाम उमेश यादव हो । पछि उनलाई सिचाइँ मन्त्री बनाइएको थियो ।

‘गैर राजनीतिक चरित्र र अराजकता अरुका लागि होइन आफ्नै लागि नोक्सानदायी हुन्छ भन्ने हेक्का गरौं’, पूर्वएमाले नेतृ चौधरीले भनेकी छिन् ।

सचेतक चौधरीले विगतमा माओवादीका सांसद उमेश यादवले कर्सी भाँचेको, अर्थमन्त्री सुरेन्द्र पाण्डेको हातबाट बजेट राखिएको ब्रिफकेश फुटाएको कुरालाई पनि भेलेर स्टाटस लेखेकी छिन् । चौधरीले कांग्रेसलाई दिएको अर्ती आफ्नै पार्टीका लागि हाँस्यपात्र बनेको छ ।

नेकपाकी सचेतक चौधरीको स्टाटस आएपछि कमेन्ट गर्नेहरूले तत्कालीन एमाले र माओवादीबाट संसदमा भएको गतिविधि र क्रियाकलापको धज्जी उडाएर इतिहाँसको स्मरण गराइदिएका छन् ।

गीतकार लोकराज अधिकारीले कमेन्ट लेख्दै भनेका छन्, ‘समस्या सदनमा न दोहोरियोस् । सदन अबरुद्ध नहोस् । रेलिङ्ग नभाचियोस् । मुलुकमा अराजकता नहोस् । व्यक्तिवादी चिन्तन हटोस् । म राजा हुँ भन्ने भ्रम जावोस् । रैती हैनन् जनता नै सार्वभौमसत्ता सम्पन्न हुन् उनै जनार्दन हुन् भन्ने चेत आवोस् । सरकार स्थिर होस् । विकास दिन दुई गुणा रात चौगुना होस् । भ्रष्टाचार मुक्त देश रोजगार युक्त देश होस् लगायत कति कति आशा सहिको दुई तिहाईको बलियो र शक्तिशाली सरकारको जनमत थियो यो । तर खै के खै के । सुन्दा कानलाई मजा । बाँकी सपना धुजा धुजा । खेलाडी त खेल्नै खोज्ने हो । गोल हान्नै तम्सिने हो तर, रोबर्ट वाला खेलाडी नेपाल नामको मैदानमा रछन् ७ सालदेखि गोल नै गर्दैनन् ।’

तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डले बजेट राखेको ब्रिफस केस माओवादीले संसदमा फुटाएपछि हेर्दै

अधिवक्ता भोजराज भण्डारीले भनेका छन्, ‘नारायणभक्ति निकै छ नि माननीयजी उर्फ शान्ताजी, दर्शन निकै आउँदो रैछ कि क्याहो समय धेरै छैन, दिन गन्ती हुँदै छ नछपटाउनुस् ।’
रोशन सिवाकोटीले सचेतक चौधरीको स्टाटसमा कमेन्ट लेख्दै भनेका छन, ‘लगातार ५७ दिन संसद अबरुद्ध गरेको विश्व कीर्तिमान त एमालेकै नाममा छ है । यो २२–२३ वर्ष अघिको घटना हो । तपाईलाई जानकारी नहुन पनि सक्छ । विषयलाई सम्बोधन गर्नेतिर जानुपर्‍यो सांसदजी । सुगारटाई पाराको कर्कसले कुनै समाधान दिँदैन ।’

शंकरनाथ खनालले छोटो कमेन्ट लेख्दै भनेका छन्, ‘ संसदको अभ्यास अब यिनले सिकाउने भए बा !’

गोविन्दसिंह राउतले कमेन्ट लेख्दै भनेका छन्, ‘तोडफोड सिकाकै कम्युनिस्टले हो भन्ने कति चाँडै बिर्सेको हो । यसो अतितलाई रिवाइन्ड गरेर प्ले गरौँ त । साक्षात भै हाल्छ ।’

लेखनाथ खनालले पनि कमेन्ट लेख्दै सचेतक चौधरीको कडा आलोचना गरेका छन् । ‘नूनको सोँझो गर्नै पर्‍यो तर, वास्तविकता जनतालाई थाहा छ शान्ता जी । तोडफोडको राजनीति गर्ने पहिलो दल कुन इतिहाँस साँक्षी छ । जय होस भाँड्तन्त्र को ।’

Published : Thursday, 2019 January 24, 12:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया