पोखरामा उर्लियो तरुण दलको जनसागर, अधिनायकवादी कम्युनिस्ट सत्तालाई लतारेर फाल्ने (तस्वीर)

पोखरा । नेपाल तरुण दलले कम्युनिस्ट सरकारको अधिनायकवादका विरुद्ध गण्डकी प्रदेशमा प्रदर्शन गरेको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा शुक्रबार तरुण दले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध प्रदर्शन गरेको छ ।

प्रतिनधि सभामाबाट चिकित्सा शिक्षा विधेयक पारित हुँदै गर्दा तरुण दलले कम्युनिस्ट सरकारविरुद्ध पोखरामा शक्तिशाली प्रदर्शन गरेको हो । कांग्रेसले चिकित्सा शिक्षा विधेयकको नेपाली कांग्रेसले र उसका भातृ संस्थाहरूले विरोध गर्दै आएका छन् ।

सरकारविरुद्धको प्रदर्शनका क्रममा ‘अधिनायकवादी कम्युनिस्ट सरकार यो के दम्भ हो । राणा–राजा फालेको स्मरण गर, नत्र अब कम्युनिस्ट सरकार पनि फालिन्छ’ जस्ता नारा लगाएका थिए ।  विरोध र्‍यालीमा सहभागीहरूले अधिनायकवादी कम्युनिस्ट सत्तालाई अब लतारेल फाल्ने नारावाजी समेत गरेका थिए ।

पोखराको चिप्लेढुंगाबाट शुरु भएको तरुण दलको विरोध र्‍यालीले पोखरा बजारको विभिन्न स्थानको परिक्रमा गरेको थियो । विरोध र्‍याली विरोध सभामा परिणत भएको थियो ।

कम्युनिस्ट सरकारले संसदबाट जबर्जस्ती चिकित्सा विधेयक ल्याएकोदेखि कांग्रेस नेताको नाममा सञ्चालित दुई अस्पताललाई केन्द्र सरकार मातहत नराखेकोमा कांग्रेसका नेतादेखि तरुण दलका नेतासम्मले आपत्तिमात्रै जनाए । उनीहरूले सडकबाटै कम्युनिस्ट सरकार ढाल्ने चेतावनी समेत दिएका छन् ।

तरुण दलका र नेपाली कांग्रेसका नेताहरूले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको वाइड बडी घोटाला प्रकरणको विरोध गरेका थिए । तरुण दलले मन्त्री अधिकारीको गृहजिल्लामै राजीनामा माग गरेको छ ।

तरुण दलको विरोध र्‍यालीमा सहभागीहरूले सुरक्षाका लागि खटिएका नेपाल प्रहरीलाई ‘हाम्रो सुरक्षा गर्नुपर्दैन निर्मला पन्तका बलात्कारी र हत्यारालाई खोज्न जाउ’ भनेका थिए ।
डा.गोविन्द केसीको माग पूरा गर्नुपर्ने, सुनकाण्डलाई कम्युनिस्ट सरकारले संरक्षण गरेको भन्दै तरुण दलले विरोध जनाएको थियो ।

तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले कम्युनिस्ट सरकारको दम्भ र अधिनायकवादी चरित्रको अन्त्य गर्न सडक आएको बताए । ‘अब कम्युनिस्ट सरकारलाई देशबाटै पत्तासाप पार्न हामी जनताका माझमा आएका हौं’, अध्यक्ष बस्नेतले भने । कम्युनिस्ट सरकार आएपछि देशमा महंगी, भस्ट्राचार र बलात्कार बनेको उनको भनाइ छ ।

बस्नेतले सडकबाटै कम्युनिस्ट सरकार ढाल्ने चेतावनीसमेत दिए । ‘तरुण अब सडकमा आयो । तरुणलाई कसैले दबाउने कोसिस नगरोस्’, अध्यक्ष बस्नेतले भने, ‘यो सरकार अब धेरै चल्दैन ।’

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेता कृष्णचन्द्र नेपाली पोखरेलले संसदमा बोल्ने अधिकार कुन्ठित गरेर विधेयक ल्याएको सरकारले कालको नजिक रहेको बताए ।

सरकारले अधिनायकबादी चरित्र देखाइरहेको बताउँदै पोखरेलले कम्युनिस्ट सरकारको अभिष्ट पूरा हुन नदिने भनाइ राखे ।

नेपाली कांग्रेस कास्की अध्यक्ष कृष्ण केसीले महंगी, अभाव र भस्ट्राचारमा कम्युनिस्ट सरकार भेटिएको बताए । तरुण तलका उपाध्यक्ष उत्तम चापागाईंले अधिनायकवादी सरकार धेरै नटिक्ने दाबी गरे ।

तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले सरकारका मान्छे र जनताबीच ठूलो खाडल पैदा भएको बताए । ‘३३ किलो सुन कान्ड के भयो ? सिन्डिकेट अन्त्य कसरी भयो ?’, शाहीले प्रश्न गरे, ‘अस्ति सुन भेटिएको प्रहरीसम्म पुग्दा तामा भएछ । सरकारले सुन खाने, जनताले नुन खान नपाउने ?’

प्रदेश १ को राजधानीबाट शुरु भएको तरुण दलको कम्युनिस्ट सरकार विरोधी प्रदर्शन पोखरामा आइपुगेको छ । तरुण दलले शनिबार प्रदेश ५ को राजधानी बुटवलमा सरकारविरुद्ध प्रदर्शन गर्नेछ ।

 

Published : Friday, 2019 January 25, 8:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया