कांग्रेसको टिप्पणीले कम्युनिस्टहरूका कान ठाडा भए

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो अवरोधका बावजुद व्यवस्थापिका संसदबाट चिकित्सा शिक्षा विधेयक पास गराएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

सरकारको अधिनायकवादी आकांक्षालाई शुक्रबार संसदमा घटेको घटनाले उजागर गरेको भन्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ७ बुँदे प्रेस विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा सरकार अधिनायकवादी बनेको, विपक्षीरहित राज्य प्रणाली बनाउन खोजेको, सभामुखले सदनको साझा नेताको भूमिकाबाट स्वेच्छिक अवकाश लिएको, प्रधानमन्त्रीप्रतिको नागरिक विश्वासमा ह्रास आएको जस्ता कुराहरू उल्लेख गरिएको छ ।

‘सरकार र यसको नेतृत्वले आफूभित्र जतनले राखेको अधिनायकवादी आकांक्षालाई आजको घटनाले खुला उजागर गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘विपक्षी रहित राज्यप्रणाली हुनुपर्छ भन्ने शास्त्रीय विश्वासप्रति उहाँहरुको निष्ठा कायमै रहेको पुष्टि भएको छ ।’

विपक्षीको अवरोधका बावजुद चिकित्सा शिक्षा विधेयक पास गराउँदा सभामुखले साझा नेताको भूमिका गुमाएको पनि कांग्रेसले जनाएको छ ।

‘सिंगो सदनको साझा नेताको भूमिकाबाट सभामुखले स्वेच्छिक अवकाश लिएको सन्देश गएको छ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘विज्ञप्तिमा जनाएको छ, ‘प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा. केसीसँग भएको सम्झौता कार्यान्वयन नगर्न उहाँ लगायत सरकार, नेकपा र सभामुख समेतको संगठित प्रयत्नको परिणाम स्वरुप प्रधानमन्त्रीप्रतिको नागरिक विश्वासमा गम्भीर ढंगले ह्रास आएको छ ।’

Published : Friday, 2019 January 25, 9:25 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया