नेविसंघले काठमाडौंमा बिहानै जलायो ओलीको पुत्ला, कम्युनिस्टहरूलाई धक्का

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको अधिनायकवादविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा आइतबार बिहानै प्रदर्शन गर्नुका साथै पुत्ला जलाएको छ ।

काठमाडौंको चाबहिलस्थित पशुपति क्याम्पस अगाडि नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताहरूले कम्युनिस्ट प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।

नेविसंघका अध्यक्ष नैनसिंह महराले पशुपति क्याम्पस अगाडि ओली सरकारको अधिनायकवादविरुद्ध प्रदर्शन गर्नुका साथै ओलीको पुत्ला जलाएको जानकारी दिए ।

नेविसंघले आइतबार बिहान राजधानीका विभिन्न क्याम्पस अगाडि ओली सरकारविरुद्ध प्रदर्शन पनि गरेको छ । केही क्याम्पस अगाडि ओलीको पुत्ला जलाइएको अध्यक्ष महतले बताए ।

कम्युनिस्ट सरकारले संसदमा नेपाली कांग्रेसको विरोध हुँदा हुँदै चिकित्सा विधेयक पारित गरेपछि नेविसंघले कम्युनिस्ट सरकारका प्रधानमन्त्रीको अधिनायकवादविरुद्ध प्रदर्शन गर्दै आएको जनाएको छ ।

नेविसंघले ओलीको पुत्ला जलाउन खोज्दा नजिकै रहेका सुरक्षाकर्मीले पुत्ला खोस्न खोजेका थिए । तर, नेविसंघका कार्यकर्ताहरूले सुरक्षाकर्मीलाई झुक्याएर ओलीको पुत्ला काठमाडौंका ठाउँ ठाउँमा जलाएका छन् ।

Published : Sunday, 2019 January 27, 9:25 am

1 प्रतिकृया प्राप्त “नेविसंघले काठमाडौंमा बिहानै जलायो ओलीको पुत्ला, कम्युनिस्टहरूलाई धक्का”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया