काठमाडौंमा नेविसंघमथि धरपकड, हाँस्दै गिरफ्तारी दिए कार्यकर्ताहरूले

काठमाडौं । कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध सडकमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरू काठमाडौंको बालाजुबाट प्रहरीले पक्राउ परेका छ ।

पक्राउ पर्नेमा पवन थापा, सन्तोष गुरुङ, किरण भट्टराई, परोपकार अधिकारी, सन्तोष अधिकारी, सुवास अधिकारी, राजु अधिकारी, उत्तम पाठक, चन्द्र रावत, मातृकाप्रसाद उपाध्याय, धनबहादुर शाही, दीपेन्द्र ढकाल, सुसान्त सिटौला, बासुदेव अधिकारी र सिलास थापा रहेका छन् ।

ग्रामीण एनआर कलेज अगाडिबाट विरोध गर्न शुरु गर्नेबित्तिकै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

सरकारको विरोध गर्दै डा.केसीको जीवन रक्षा गर, निर्मलालाई न्याए दे जस्ता नारा उनीहरुले लगाएका थिए ।

कम्युनिस्ट सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पेल्ने नीति बनाएपछि कांग्रेससंगै उसका भ्रातृ संगठनहरू आक्रामक बन्दै सडकमा उत्रिएपछि सरकारले पनि कठोर नीति लिएको छ ।

विद्यार्थीले नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका दुई अस्पताललाई ओली नेतृत्वको सरकारले नियतवश केन्द्र सरकार मातहतमा नराखेपछि आन्दोलन गरेका हुन् ।

डा.गोविन्द केसीसंग ओली सरकारले सम्झौता गरेर पनि सो सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक नल्याएको भन्दै नेविसंघले देशैभर आन्दोलन चर्काएको छ ।

Published : Sunday, 2019 January 27, 12:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया