कम्युनिस्टहरूले बनाए गोप्य रणनीति, कांग्रेसले पनि बनायो काउन्टर रणनीति

काठमाडौं । नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका दुई अस्पतालका बारेमा कम्युनिस्ट सरकारले निर्णय नगरे राष्ट्रिय सभाको आजको बैठक चल्न नदिने चेतावनी दिएको छ ।

प्रतिनिधि सभा बैठकमा मार्सल लगाएर पारित गरिएको चिकित्सा शिक्षा विधेयकलाई कम्युनिस्ट सरकारले अनुमोदनका लागि राष्ट्रिय सभामा आज पेस गर्दै छ ।

कांग्रेसले चिकित्सा शिक्षा विधेयकबाट हटाइएको गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताल यथावत राख्नुपर्ने माग गर्दै आएको छ । माग पूरा भएन भने राष्ट्रिय सभाको बैठक चल्न नदिने संसदीय दलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

कांग्रेसको अवरोध हुने भएपछि सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, महासचिव मनोहरप्रसाद भट्टराई र राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलबीच आजको रणनीतिका विषयमा गोप्य परामर्श भएको छ ।

स्रोतका अनुसार कांग्रेसले चिकित्सा शिक्षा विधेयक पेश गर्न राष्ट्रिय सभामा अवरोध भयो भने मार्सल लगाएर विधेयक अनुमोदन गर्ने सहमति भएको छ ।

Published : Monday, 2019 January 28, 10:49 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया