सुदूरपश्चिममा पनि जित्यो तरुण दलले सबैको मन, कम्युनिस्टहरू थर्कमान (तस्बिर)

धनगढी । नेपाल तरुण दलले कैलालीको धनगढीमा कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध विरोध र्‍याली र सभा गरेको छ ।

तरुण दलले धनगढीमा कम्युनिस्ट सरकारविरुद्ध भव्य कार्यकर्ता उतारेको छ । सरकार विरोध र्‍याली र सभामा सहभागी भएका तरुण युवाहरूले कम्युनिस्ट सरकारको अधिनायकवाद र अराधी संरक्षण गरेको भन्दै चर्का नारावाजी गरेका छन् ।

सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, महंगी, मूल्यबृद्धी, प्रेसमाथिको हस्तक्षेपसँगै वाइडबडी प्रकरण, निर्मला पन्त हत्या प्रकरणलगायतका गैर–कानूनी र अलोकतान्त्रिक क्रियाकलापविरुद्ध तरुण दलले यसअघि अन्य ६ वटै प्रदेशमा प्रदेशस्तरीय विरोध कार्यक्रम गरेको थियो । तरुण दलले विराटनगरबाट माघ ८ गते शुरुवात गरेको कार्यक्रमको अन्तिम विरोध र्‍याली र सभा धनगढीमा गरेको हो ।

तरुण दलले माघ ९ गते प्रदेश नम्बर २ को जनकपुरमा, माघ १० गते प्रदेश नम्बर ३ को हेटौंडामा, माघ ११ गण्डकी प्रदेशको पोखरामा, माघ १२ गते प्रदेश नम्बर ५ को भैरहवा, माघ १३ कर्णाली प्रदेशको सुर्खेतमा सरकारविरुद्ध कार्यकर्ता सडकमा उतारेको थियो ।

तरुण दलले घोषणा गरेको सरकारविरुद्धको आन्दोलनलाई सघाउन कांग्रेसले ७७ वटै जिल्ला कार्यसमितिलाई परिपत्र गरेको थियो ।

तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले ७ वटै प्रदेशमा सरकारविरुद्ध चलाइएको अभियानबाट जोश, जाँगर र उर्जा थपिएको बताए । विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले भने, ‘अभियानबाट जोश–जाँगर र उर्जा थपिएको छ । यो उर्जाले सरकार ढाल्न सक्छौँ भन्ने लागेको छ ।’

अध्यक्ष बस्नतेले कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीलाई राजा वीरेन्द्र र राष्ट्रपति विद्यादेवी भण्डारीलाई रानी ऐश्वर्य नबन्न अनुरोध गरेका छन् । उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई सरकारले नै संरक्षण गरिरहेको आरोप लगाउँदै गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाको पोलीग्राफ परीक्षण गर्न माग गरेका छन् ।

महासचिव भुपेन्द्रजंग शाहीले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध काठमाडौंमा एकलाख युवा तरुण उतार्ने चेतावनी दिएका छन् । ‘तपाई युवा तरुणहरू फेरि एक पटक लोकतन्त्रका लागि सडकमा उत्रनु पर्ने बेला भएको छ’, महासचिव शाहीले भने, ‘ओली सरकारलाई सुध्रिने मौका छ । अधिनायकवादी चरित्रलाई दोहोर्‍याउने चेस्टा गर्‍यो भने सडकबाट युवा तरुणहरूले हुत्याएर फ्याक्ने छन् ।’

उपाध्यक्ष उत्तम चापागाइँले दुई तिहाइको शक्तिको बलमा सरकारले कांग्रेसको नेतृत्वमा हासिल भएका राजनीतिक उपलब्धि मास्न खोजेको आरोप लगाए । कम्युनिष्ट नेतृत्वको सरकार देश र जनताले उपभोग गर्न पाउने नैसर्गिक अधिकार खोस्न लागेको टिप्पणी गर्दै त्यसका विरुद्ध नेपाली जनता एक हुने समय आएको बताए ।

कोषाध्यक्ष विद्धान गुरुङले सरकारले पटक–पटक मूल्यवृद्धि गर्दा पनि नेकपाको भ्रातृ संगठन केही नबोलेकोतर्फ ईंगित गर्दै अनेरास्ववियुकी अध्यक्षसमेत रहेकी नेकपा नेतृ नवीना लामालाई चुप लाग्नुको कारण सोधे । ‘नवीना लामा तपाईको बिहे भएको एक वर्ष बितिसक्दा पनि हनिमुन सकिएन ?’, उनले प्रश्न गरे, ‘हिजो एक रूपियाँ पेट्रोलमा वृद्धि हुँदा सडकमा आउने आज पटक पटक मूल्यवृद्धि हुँदा किन चुप हुनुहुन्छ ?’

 

Published : Monday, 2019 January 28, 9:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया