जीवन मरणको दोसाँधमा रहेका डा.केसीलाई कांग्रेसले दियो साथ

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

कांग्रेसका नेता केसीले मंगलबार बिहान डा.केसीसँग अनशनस्थलमै पुगेर भेट गरेका हुन् । शिक्षण अस्पतालमा पुगेका कांग्रेसका नेता केसीले चिकित्सा क्षेत्रको सुधारका लागि डा.केसीबाट भएको योगदान र आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।

भेटका क्रममा नेता केसीले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए । नेपाली कांग्रेस डा. केसीका माग पूरा गर्नुपर्ने भन्दै आन्दोलनमा छ ।

कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले यसअघि भएका सहमति उल्लंघन गरेर संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराएपछि डा.केसीले अनशसन थालेका हुन् ।

Published : Tuesday, 2019 January 29, 12:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया