कांग्रेसले सडकमा कार्यकर्ता उतारेपछि आत्तियो कम्युनिस्ट सरकार, दुई हप्ता टिकेन निर्णय

काठमाडौं । कम्युनिस्ट सरकारले नेपाली कांग्रेसका संस्थापक नेताको नाममा रहेका दुई अस्पताललाई संघीय सरकार मातहत ल्याउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल तनहुँ र बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघीय सरकार मातहत ल्याउने निर्णय गरेको हो ।

कांग्रेसले बाँके र तनहुँका अस्पताललाई कम्युनिस्ट सरकारले खारेज प्रक्रियामा लगेपछि नेपाली कांग्रेसले देशभरि आन्दोलन चर्काएको थियो ।

दुवै अस्पताल विघटनको खेलमा नेकपा अध्यक्ष एवं केपी ओली नेतृत्वको सरकार लागेको भन्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।

दवावमा परेको कम्युनिस्ट सरकारले भने अस्पताल विघटन नभइ स्थानीय र प्रदेश सरकारमातहत राखेर चलाउन खोजिएको स्पष्टीकरण दिएको थियो ।

कांग्रेसको माग अनुसार दुईवटा अस्पताललाई संघ मातहत ल्याउने निर्णय सोमबारको क्याबिनेटले गरेको एकजना मन्त्रीले जानकारी दिए ।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल ५९ बेडको छ । तनहुँस्थित गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल १५ बेडको मात्रै छ ।

सरकारले यी दुवै अस्पताल संघमा ल्याउन पूर्वाधार र आवश्यक मापदण्ड नपुग्ने बताउँदै आएको थियो ।

तनहुँको गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल १५ बेडको मात्रै भएको बताउँदै यसलाई स्थानीय तहबाटै चलाउने योजना गरिएको सरकारले जनाएको थियो ।

अन्य नौवटा अस्पताल संघमा ल्याएको सरकारले आफ्ना नेताका नामका दुई अस्पताल विघटन गर्ने उद्धेश्यले केन्द्रीय सरकारमातहत नल्याएको आरोप कांग्रेसले लगाउँदै आएको छ ।

Published : Tuesday, 2019 January 29, 6:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया