ओली बस्ने घरकै छेउमा नेविसंघको प्रदर्शन, प्रहरीको धरपकड र दमन

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकारी निवास बालुवाटार बाहिर नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

नेविसंघको मंगलबारको प्रदर्शनमा प्रहरीले व्यापक धरपकड र दमन गरेको छ । प्रदर्शनमा उत्रिएका नेविसंघका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री ओलीको सरकारी निवासको ३ नं. गेट अगाडि विरोध प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताले सडकमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा उत्रिएका करीब ३० जनालाई प्रहरीले पक्राउ गरेको नेविसंघले जनाएको छ ।

उता, नेविसंघकै कार्यकर्ताहरूले त्रिचन्द्र क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला जालएको छ । ओलीको पुत्ला जलाउने क्रममा नेविसंघका नेता तथा कार्यकर्ताहरूले प्रहरी प्रशासनलाई कम्युनिस्ट सरकारको मतियार नबन्न चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीको पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेविसंघका नेताहरूले ओली नेतृत्वको सरकारलाई आन्दोलनबाटै पछाडि हट्न बाध्य बनाउने बताए ।

चिकित्सा शिक्षा विधेयक नेपाली जनताको स्वास्थ्य र शिक्षासँग सरोकार राख्ने विषय भएको नेविसंघका नेता तथा कार्यकर्ताहरूले बताएका छन् ।

नेविसंघले पुत्ला जलाउने क्रममा प्रहरीले गरेको लाठी चार्जबाट सहमहामन्त्री प्रेमराज जोशीलगायतका केही विद्यार्थी घाइते भएका छन् । घाइते जोशीको ट्रमा सेन्टरमा उपचार भइरहेको नेविसंघले जनाएको छ ।

Published : Tuesday, 2019 January 29, 9:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया