तरुण दलका महासचिवले भने, ‘हँसाउने जिम्मा ओली–दाहालले लिने त होला ?’

काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले विकास निर्माणको काम सरकार आफैले गर्नुपर्नेमा एनजिओलाई दिएको प्रति असन्तुष्टि जनाएका छन् ।

महासचिव शाहीले बिहीबार बिहान फेसबुकमा स्टाटस लेखेर भरतपुर महानगरपालिकामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने जिम्मा धुर्मुस–सुन्तली फाउण्डेसन नामक एनजिओलाई दिएकोमा आपत्ति जनाएका हुन् । उनले विकास निर्माणको काम सरकार आफैले गर्नुपर्ने बताएका छन् ।

‘विकासको जिम्मा धुर्मुस–सुन्तलीलाई दिएपछि अब जनतालाई हसाउने जिम्मा ‘मेरी बास्सै’ हाँस्य शृङ्खलाको जिम्मा ओली–दाहालले लिने त होलान ?’, तरुण दलका महासचिव शाहीले स्टाटसमा लेखेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट मानिने ‘धुर्मुस–सुन्तली फाउण्डेसन’ले चितनवको भरतपुर महानगरपालिकामा तीन अर्बको लागतमा स्टेडियम बनाउने सहमति बुधबार गरेपछि आलोचना बढ्दै गएको छ ।

यति ठूलो प्रोजेक्ट सरकार आफैले गर्नुपर्नेमा एउटा एनजिओलाई दिइएकोमा विरोध भएको हो । स्टेडियम बनाउन नेपाल सरकार, भरतपुर महानगरपालिकाका साथै धुर्मुस–सुन्तली फाउण्डेसनले विदेशमा रहेका नेपालीहरूसँग रकम उठाएर बनाउने जनाएको छ ।

आलोचकहरूले दुई तिहाईको सरकारले विकास निर्माणका कामहरूले आफैले गर्न नसकेपछि एनजिओलाई दिएर पन्छिन खोजेको आरोप लगाएका छन् ।

निर्वाचनका बेला तत्कालीन एमालेलाई भोट मागेका धुर्मुस–सुन्तलीको एनजिओलाई कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले देशको विकास निर्माणको जिम्मा एनजिओलाई दिएको भनेर आलोचना भएको छ ।

ओलीसँग केही चुनावी कार्यक्रममा सहभागी भएर धुर्मुस–सुन्तलीले तत्कालीन एमालेका लागि भोट मागेका थिए ।

आफूहरूलाई राजनीतिभन्दा टाढाको देखाउने रुचाउने धुर्मुस–सुन्तलीले तत्कालीन एमालेका नेताहरूको आडमा एनजिओ चलाउँदै आएको आरोप छ ।

Published : Thursday, 2019 January 31, 9:12 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया