यी हुन् मञ्चमै घरपाला रक्सी पिउने कम्युनिस्ट सरकारका मन्त्री

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता समेत रहेका प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सार्वजनिक कार्यक्रममा मञ्चमा बसेका बेला घर पालुवा रक्सी पिएर सबैलाई चकित तुल्याइदिएका छन् ।

दाङको शान्तिनगर गाउँपालिकामा बुधबार अध्यक्ष कप रनिङ सिल्ड फुटबल प्रतियोगिता उद्घाटन गर्न आएका मन्त्री केसीले मञ्चमा घरेलु रक्सी पिएका हुन् ।

त्यति मात्रै होइन केसीले छिटुवामा राखेर दिइएको स्प्राइटको जम्बो बोतल र भुर्कीमा राखिएको रक्सी पनि उपहार स्वरुप लिएका छन् ।

स्थानीय चौधरी महिलाहरूले मन्त्री केसीलाई घर पालुवा रक्सी दिएका हुन् । मन्त्री केसीसँगै शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले पनि घरपालुवा रक्सी मञ्चमै पिएका छन् ।

प्रदेश ५ का कानूनमन्त्री केसी र गाउँपालिकाका अध्यक्ष डाँगीललाई मालुको पातको बौतामा रक्सी दिइएको थियो ।

कानूनमन्त्रीले घर पालुवा रक्सी मञ्चमै पिउँदै गर्दा उनको छेउँमै दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, जिल्ला प्रहरी प्रमुख बेलबहादुर पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

माओवादी पृष्ठभूमि भएका कानूनमन्त्री केसीले सशस्त्र द्वन्द्वका बेला घरपालुवा रक्सी बनाएको भनेर गाउँका सर्वसाधारणलाई भाटे कारबाही गर्थे । तर, मन्त्री भएपछि आफै मञ्चमा बसेर घरपालुवा रक्सी पिएपछि स्थानीयले कुराकाटेका थिए ।

दाङ प्रहरीले घरपालुवा रक्सी जफत गरेर फाल्ने गरेको छ । तर, कानूनमन्त्रीले मञ्चमै घरपालुवा रक्सी पिउँदा केही भनेन ।

Published : Thursday, 2019 January 31, 11:22 am

1 प्रतिकृया प्राप्त “यी हुन् मञ्चमै घरपाला रक्सी पिउने कम्युनिस्ट सरकारका मन्त्री”

  • ए प्रभु के के सुन्नु परेकाे गृहमन्त्री भन्छन् लागुपदार्थ बन्द गर्छु कानुन मन्त्री भने सार्वजनिक कार्यक्रममा रक्सि पिउने

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया