डा.केसीको स्वास्थ्य देखेपछि भावुक बने देउवा र गगन

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चिकित्सा क्षेत्रका सुधारका लागि विगतमा भएको सहमति कार्यान्वयनको माग गरेर अनशनरत डा.गोविन्द केसीलाई भेटेर मागप्रति ऐक्यवद्धता जनाएका छन् ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बिहीबार पुगेका कांग्रेस सभापति देउवाले अनशनरत डा.केसीलाई भेटेर मागप्रति समर्थन जनाएका हुन् । सभापति देउवासँगै डा.केसीलाई भेट्न युवा नेता गगन थापापनि शिक्षण अस्पताल पुगेका थिए ।

पत्रकारहरुसँग कुरा गर्दै देउवाले वर्तमान सरकार असंवेदनशील बनेकाले डा.केसीलाई अनशन तोड्न आग्रह गरेका छन् ।

डा.केसीलाई भेटेपछि सभापति देउवाले सरकारले आफैले गरेको सहमति कार्यान्वयन नगरेर धोका दिएको बताएका छन् । देउवाले ओली सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताए । उनले दुई तिहाइको दम्भले गर्दा डा.केसीका माग पूरा नगरेको बताए ।

कांग्रेसका युवा नेता गगन थापाले डा.केसीका माग पूरा गर्नै पर्ने बताए । उनले चिकित्सा क्षेत्रको सुधारका लागि डा.केसीले ठूलो योगदान गरेको बताए ।

आफूलाई भेट्न आएका कांग्रेसका सभापति देउवा र युवा नेता थापालाई देखेपछि डा.केसी भावुक बनेका थिए । डा.केसीको स्वास्थ्य अवस्था देखेर सभापति देउवा र युवा नेता थापा पनि भावुक बनेका थिए ।

वर्तमान कम्युनिस्ट सरकार डा.केसीका मागलाई पूरा गर्नेभन्दा पनि द्धन्द्ध सिर्जना गर्ने मुडमा पुगेको थापाले बताए ।

आफूसँग १५ औं अनशनमा भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने माग गर्दै केसी पुस २५ गतेदेखि अनशनमा छन् ।

Published : Thursday, 2019 January 31, 6:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया