कम्युनिस्ट सरकारले डा.केसीलाई बिभेद गरेपछि के भने रामहरि खतिवडाले ?

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्ट सरकारले नेपाली जनताहरूलाई बराबर देख्न छाडेको आरोप लगाएका छन् ।

अनशनरत डा.गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाएर बिहीबार ट्वीट गरेका कांग्रेस नेता खतिवडाले वर्तमान सरकारलाई बामपन्थीहरूको मात्रै सरकार नरहेको बताए । उनले सबै नेपालीलाई बराबर सम्झिएर सबैका जायज मागहरू पूरा गर्नुपर्ने बताए ।

‘सरकारले देशका सबै जनतालाई बराबर सम्झने काम गर्नुपर्छ न कि बामपन्थी मात्रै सरकारका जनता होइनन्, डा.गोविन्द केसी नेपाली नागरिक हुन्’, खतिवडाले ट्वीट गर्दै भनेका छन्, ‘उनको माग पूरा गर्न पहल गर्नुपर्छ । नत्र हाम्रो काम राम भन्ने मात्र हो काँध थाप्ने होइन होला । ओलीज्यू बिचार होस् । जय नेपाल ।’

डा.केसी विगतमा भएका सहमति कार्यान्वयनको माग राखेर अशनरत छन् । उनको अनशनप्रति नेपाली कांग्रेसले ऐक्यवद्धता जनाएको छ ।

नेपाली कांग्रेसमात्रै नभै समाजका उच्च व्यक्तित्वहरूले पनि साथ दिएका छन् । तर, कम्युनिस्ट सरकारले डा.केसीको अनशन र मागलाई पूरै बेवास्ता गर्दै आएको छ ।

Published : Friday, 2019 February 1, 9:02 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया