नयाँ राप्रपाले राजसंस्था र हिन्दूराष्ट्र मान्ने

काठमाडौं । पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपा (प्रजातान्त्रिक) र डा.प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको एकीकृत राप्रपा (राष्ट्रवादी) बीच पार्टी एकीकरण भएको छ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभामा शुक्रबार विशेष कार्यक्रम राखेर राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी)बीच पार्टी एकीकरण भएको हो । दुबै पार्टी मिलेपछि राप्रपा (संयुक्त) नामाकरण गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को अध्यक्ष राणा र डा.लोहनी हुनेछन् । दुबैको पावर बराबरी हुनेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का दुबै अध्यक्ष राणा र डा.लोहनीले पार्टीले संवैधानिक राजतन्त्र र धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राज्य हुने व्यवस्थालाई मूल मुद्धा बनाउने बताएका छन् ।

दुई पार्टीका शीर्ष नेतृत्वबीच लगातारको छलफलपछि पार्टी एकताका लागि बिहीबार सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

राप्रपा (संयुक्त)ले चुनाव चिन्ह गोलो घेराभित्र हलोलाई राख्ने सहमति गरेका छन् । एक वर्षभित्र अधिवेशन गर्ने पार्टी एकीकरणको घोषणा सभामा जानकारी दिइएको छ ।

यसैबीच, राप्रपा (प्रजातान्त्रिक)का वरिष्ठ उपाध्यक्ष दीपक बोहरा र वरिष्ठ नेता केशरबहादुर विष्टले पार्टी एकीकरण प्रक्रियालाई बहिस्कार गरेका छन् ।

दीपक बोहराले विज्ञप्ति जारी गरेर पार्टी एकीकरणप्रति आश्चर्य व्यक्त गरेका छन् । बोहराले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई बिचलित नहुने आग्रह गर्दै राप्रपा (प्रजातान्त्रिक)मा अडिग रहन अपील गरेका छन् ।

Published : Friday, 2019 February 1, 7:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया