कांग्रेसका नेता खतिवडाको भाषण सुनेपछि जिल खाए कम्युनिस्टहरु (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद रामहरि खतिवडाले अर्काले गरेका राम्रा कामलाई मैले गरेको हुँ भनेर जस लिन खोज्नेहरुसँग सचेत रहन आग्रह गरेका छन् ।

पोकली झरना सेवा समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता खतिवडाले जिल्लाका लागि कसैले विकास गर्छ भने दिल खोलर सहयोग गर्नुपर्ने बताए ।

‘जिल्ला र गाउँको विकासमा ध्यान नदिने । अरुले गरेको कामलाई मैले गरेको हुँ भनेर जस लिन खोज्ने जनप्रतिनिधिहरुसँग तपाई हामी सचेत हुनुपर्छ’, उनले भने, ‘सत्ता आफ्नै दलको हुँदा पनि गाउँ र जिल्लामा विकास लैजान नसक्ने हो भने त्यस्ता जनप्रतिनिधिहरुको काम छैन ।’

नेपाली कांग्रेसको नेतृत्वमा संविधान बनेर कार्यान्वयनमा लगेको प्रशंग कोट्याएका युवा नेता खतिवडाले भने, ‘कांग्रेसको नेतृत्वमो संविधान बन्यो । संविधान कार्यान्वयन गर्ने क्रममा लामो समयदेखि हुन नसकेको निर्वाचन गरायौँ । यसलाई ठूलो उपलब्धिका रुपमा लिनुपर्छ ।’

कम्युनिस्टहरुप्रति कठोर देखिएका कांग्रेसका नेता खतिवडाले दुई तिहाइको बहुमत पाएको कम्युनिस्ट सरकारका मन्त्रीहरुलाई सिंहदबारमा तेलले नपुगेपछि विभिन्न बहाना बनाएर भ्रष्टाचार गरेको बताए । उनले भने, ‘तपाई हामीले जिताएर पठाएका जनप्रतिनिधिहरु सिंहदरबारमा मन्त्री बनेर बसेका छन् । तेलले नपुगेपछि तेलमा समेत भ्रष्टाचार गरेका छन् । यस्तो कार्य रोक्नुपर्छ ।’

सिंहदरबारको अधिकार गाउँमा अझै पनि नपुगेको उनले बताए । ‘सिंहदरबारको अधिकार गाउँमा पुगेको छैन । सिंहमात्रै गाउँमा पुगेको छ । दरबार यतातिर छ’, कांग्रेसका युवा नेता खतिवाडाले भने, ‘वडाध्यक्षहरुले डोजर किनेर आफैले व्यापार गरेका छन् । गलत कुराको विरोध गर्ने हिम्मत राख्नुपर्छ ।’

अहिलेको कम्युनिस्ट सरकारले विकासका नाममा एउटा सिन्को पनि नभाँचेको कांग्रेस नेता खतिवडाले बताए । ‘यो सरकारले सिन्को पनि भाँचेको छैन’, उनले भने, ‘दुई तिहाइको बहुमत पाएको सरकारका जनप्रतिनिधिहरुले त झन काम नै गर्न सकेका छैनन् ।’

ओखलढुंगाको विकासका लागि आफू कम्युनिस्टहरुसँग हातेमालो गरेर जान चाहेको कांग्रेसका युवा नेता खतिवडाले बताए । उनले माओवादी सत्तामा रहेका बेला पनि पोकलीका माओवादी नेता तथा कार्यकर्ताहरु अहिले पनि जेलमा रहेको भन्दै चिन्ता जनाए ।

‘माओवादीका नेताहरु थुनिएका छन् । एउटा मान्छेलाई राजनीति गर्न दिने । अर्को व्यक्तिलाई अपराधि बनाएर थुन्न पाइँदैन । रिहाइ गराउन पहल गर्नुस् । तपाईहरुले सक्नु हुँदैन मलाई भन्नुस् । म पहल गर्छु ।’

ओखलढुंगाबाट तत्कालीन एमालेबाट प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका सांसद नेपाली कांग्रेसका युवा नेता खतिवडाले धाराप्रवाह भाषण गरेको सुनेपछि चकित परेका थिए ।

Published : Saturday, 2019 February 2, 3:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया