कम्युनिस्ट सरकारले गर्न नसकेको काम नेविसंघले गर्‍यो, देशभरि प्रशंसा

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बिदाको दिन गाडी चलाएको आरोप लगाउँदै तीनवटा सरकारी गाडी नियन्त्रणमा लिएको छ ।

नेविसंघले सचिव शिशिर ढुंगाना चढेको बा १ झ ९९९५ नम्बरको गाडी लाजिम्पाट नियन्त्रणमा लिएको हो ।

सरकारले सरकारी गाडी विदाको दिन नचलाउने भनेर भनेर आन्तरिक सर्कुलर जारी गरेको थियो ।

आन्तरिक सर्कुलरलाई कर्मचारीहरुले अटेर गरेर सरकारी गाडी शनिबारको दिन पनि चलाउँदै आएका थिए ।

नेविसंघले सरकारी गाडीको दुरुपयोग राक्न गरेको यो अभियानले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई पनि राहत मिल्ने नेविसंघका महासचिव कुन्दराज काफ्लेले जनाएका छन् ।

नेविसंघका कार्यकर्ताले लौनचौरबाट मे १ झ १५१ नम्बरको गाडी पनि नियन्त्रणमा लिएको छ ।

नेविसंघ डोटीले मेललेक गाउँपालिकाको उपप्रमुखको बा २ झ ४१८८ नम्बरको गाडी पनि नियन्त्रणमा लिएको छ ।

शनिबार सरकारी गाडीको दुरुपयोग रोक्ने सरकारी गाडी नियन्त्रणमा लिएको नेविसंघले जनाएको छ ।

कम्युनिस्ट सरकारविरुद्ध सडक आन्दोलन चलाएको नेविसंघले सरकारी सम्पत्ति दुरुपयोग राक्ने जनाउदै आएको छ ।

नेविसंघले शनिबारका दिन सरकारी गाडी नियन्त्रणमा लिएपछि कम्युनिस्ट सरकारलाई तनाव भएको छ ।

Published : Saturday, 2019 February 2, 4:27 pm

1 प्रतिकृया प्राप्त “कम्युनिस्ट सरकारले गर्न नसकेको काम नेविसंघले गर्‍यो, देशभरि प्रशंसा”

  • बेथिति भयकाे देशमा सहि काम काे सुरूवात भयकाे छ जुनसुकै पाटिकाे सरकार भयपनि यस्ता बेथिति राेक्नु पर्छ राम्राे कामकाे सुरूवात ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया