महराले दिए प्रचण्डलाई धोका, बालुवाटारको ढोका खुल्यो
काठमाडौं । स्वीट्जरल्याण्डबाट आउने बेला प्रधानमन्त्री खड्गप्रसाद ओलीको स्वागतमा अग्रपंक्तिमा हँसिलो मुद्रामा देखिएका सभामुख कृष्णबहादुर महरालाई सबैले निगरानीका साथ हेरेका थिए ।
सभामुख महरालाई खुसी र फुर्तिलो देख्ने वित्तिकै ओलीले थाहा पाए खुसीको ‘राज’ । ओलीसँग निकट हुन खोजेका महरालाई केही नेताहरूलाई भने मन पराएका थिएनन् ।
ओली विदेशमा रहेका बेला राष्ट्रिय चिकित्सा विधेयकलाई संसदबाट पारित गराएका सभामुख महराले त्यसको जस लिने प्रयास गरेको भनेर टिकाटिप्पणी भएको थियो ।
प्रधानमन्त्री ओलीले महरालाई चिकित्सा शिक्षा विधेयक पारित गराएकोमा त्रिभुवन विमानस्थलमा स्वागतकै क्रममा बधाई दिएको बताइएको छ ।
सभामुख महरालाई प्रधानमन्त्री ओलीसँग नजिक हुन चिकित्सा शिक्षा बिधेयक ‘अमृत’ बनेको छ । महराको कामबाट नेकपाका धेरै नेताहरू खुसी भएपनि केही नेताहरूलाई टाउको दुःखाइ बनेको छ ।
विशेष गरेर नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, ओनसरी घर्ती, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका सीमित नेताहरू महराको कार्यशैलीबाट निरास बनेका छन् ।
स्रोतका अनुसार प्रमुख विपक्षी दलको विरोध हुँदा हुँदै महराले चिकित्सा शिक्षा विधेयक मार्सल लगाएर पारित गराएकोमा नेम्वाङ र घर्तीले असन्तुष्टि जनाएका छन् ।
उनीहरूले सार्वजनिक रुपमा बाहिर केही प्रतिक्रिया दिएका छैनन् । कांग्रेसलाई विश्वासमा लिएर गर्नुपर्ने कामलाई महराले बल प्रयोग गरेको कुरा नेम्वाङ र घर्तीलाई मन नपरेको हो ।
सभामुख महराका कारण कांग्रेस झन् रिसाएको छ । कांग्रेसले महरालाई संसदीय पद्धतिका बारेमा जानकारी नरहेको भनेर टिप्पणी गरिसकेको छ । महराले ओलीलाई खुसी बनाए पनि कांग्रेसका साथै आफ्नै दलका नेताहरूलाई खुसी बनाउन सकेनन् ।
आफ्नै कार्यले सभामुख महरा नेकपामा एक्लिएका छन् । महरालाई प्रधानमन्त्री ओलीले पनि पूरै विश्वास गरिसकेका छैनन् ।
महराको कार्यशैलीबाट नेकपाका प्रवक्ता श्रेष्ठ पनि खुसी छैनन् । महराको कार्यशैलीको नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेरै श्रेष्ठले आपत्ति जनाएको स्रोत बताउँछ ।
महराको कार्यशैलीले नेकपाभित्र एक खालको तरंग उत्पन्न र हलचल पैदा गरिदिएको छ ।
प्रचण्डको क्याम्पबाट माओवादीमा प्रगति गरेका महराले प्रचण्डको खुमलटारलाई लात हानेर ओलीको निवास बालुवाटारलाई समथ दिएको नेकपाभित्र चर्चा छ । तर, महरालाई बालुवाटारको यात्रा सुवासचन्द्र नेम्वाङहरुको अबरोध हुनेछ ।
यसमा तपाइको मत